Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सलह भगाउंदा प्युठानमा गोठ जल्यो

दीपक एम.सी.,प्युठान। प्युठानमा सलह किरा भगाउन खोज्दा स्थानियको गोठ जलेको छ।

जिल्लाको झिमरुक गाउपालिका ३, आफ्रेखोलामा सलह भगाउनकालागी आगो बाल्ने क्रममा एक स्थानीयको गोठ जलेर पूर्णरुपमा नष्ट भएको हो। बुधबार दिउँसो १ बजेतिर बारीमा आएका सलह भगाउनका लागि आगो बाल्दै गर्दा स्थानीय कल्पना जि सी को गोठमा आगलागी भएको हो। आफू बारीमा सलह भगाउन जाँदा आफ्नो १० वर्षीय छोराले बालेको आगोले गोठ जलेको जिसिले बताउनुभयो। आगलागीले गोठमा भएका घाँस, दाउरा, पराल जलेर पूर्णरुपमा नष्ट भएको छ। “सलहबाट मकै बाली बचाउन लाग्दा लाखौको क्षति भयो।” जिसिले भन्नुभयो, “बरु मकै सलहले खाएको भए कम क्षति हुन्थ्यो, गोठ बच्दथ्यो।” स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो।

जिल्लामा आईतबार यता सलहले आतंक नै मच्चाएको छ। तराईका जिल्ला हुँदै प्युठान भित्रीएको सलहले किसानको अन्नबालीमा ठूलो क्षती समेत पुर्याएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP