धादिङ – पृथ्वी राजमार्गमा पर्ने धादिङको मौवाखोला नजिकैको बाँदरे भीरबाट त्रिशुली नदीमा गाडी खसेर हराइरहेको छ ।
बिहीबार बिहान मुग्लिनबाट काठमाण्डौ आइरहेको जीप नदीमा खसेको हराइरहेको हो । घटनास्थलमा अहिले गोताखोरले जीप खोजी रहेको छ। जीपको नम्बर र सवारीमा कति मानिस थिए यकिन भएको छैन ।
सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेका छन्। मौवाखोला चितवन र धादिङको सिमानास्थलमा पर्दछ। केही घाँस लतारेको देखिएकाले गाडी खसेको प्रहरीले अनुमान गरेकाे छ।
नदीमा पानीको बहाव बढी भएकोले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो । नदी धमिलो भएकाेले खोजी कार्यमा बाधा भइरहेको प्रहरीको भनाइ छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया