काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लख ६२ हजार सय बराबारको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आचार्यले सरकारी पद दुरुपयोग गरी २०७६ जेठ मसान्तसम्मको जाँच अवधिमा सार्वजनिक सेवामा रही गैरकानुनी सम्पत्ति आर्जन गरेका अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
आरोपपत्रमा आचार्यको कुल ५ करोड २९ लाख ४२ हजार ४ सय ६६ आम्दानी देखिएकोमध्ये २ करोड ७ लाख ७९ हजार ९ सयमात्र वैध आर्जन गरेको पुष्टि भएको दावी गरेको छ ।
बाँकी ३ करोड बराबरको सम्पत्ति आचार्यले अवैध रुपमा आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । आचार्यले सडक विभागअन्तर्गत बसी गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवन यापन गरिरहेको अभियोगपत्रमा उल्लेख छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया