Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

लैंगिक हिंसा न्यूनीकरणमा प्रहरीको भूमिका


अनेक पाण्डे
कपिलवस्तु
लैंगिक हिंसा न्यूनीकरणमा प्रहरीको भूमिका विषयक विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । महाराजगंज नगरपालिका वडा नं. ६ को भलवारी श्री शिव प्रताप सरस्वती मा.वि.मा कक्षा ६ देखि १० सम्मका विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति गरी ४०० वढी जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । मधेश मानव अधिकार गृह (माहुरी होम) को आयोजना ईप्रका कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको प्रमुख अतिथित्वमा कार्यक्रम सुरु गरिएको थियो । वडाध्यक्ष हेमन्त कुमार चौधरी, जनप्रतिनिधी, उदयपुर प्रहरी चौकी ईन्चार्ज हेम बहादुर जिसी, मधेश मानव अधिकार गृहको सहज परियोजनाको कार्यक्रम अधिकृत रिखिराम निगमले कार्यक्रमको उद्देश्यका साथै सहज परियोजनाको उद्देश्य, कार्य पद्धती (विद्यालय केन्द्रीत, परिवार केन्द्रित र सामाजिक जवाफदेहिता) लगायत माहुरी होमले समुदायमा प्रदान गर्ने सेवाहरुको वारेमा जानकारी गराउनु भएको थियो । मौनताको संस्कृतिलाई तोडन् र न्याय खोज्ने व्यवहारमा पहुँच बढाउनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम, लैंगिक हिंसा, उजुरी दर्ता प्रकृया, समुदाय प्रति प्रहरीको भूमिका लगायतका विषयमा ईप्रका कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको संचालन सोहि विद्यालयका शिक्षक सन्त मिलन चौधरीले गरेका थिए भने स्वागत मन्तब्य विद्यालयका प्र.अ.कृष्ण कुुमार चर्तुवेदीले दिएका थिए । कार्यक्रमको अध्यक्षता विद्यायल व्यवस्थापन समितिका वरिष्ट सदस्य जय करन प्रसाद पासीले गर्नु भएको जानकारी मधेश मानव अधिकार गृहका (माहुरी होम) समाजिक परिचालक कृष्ण कुमार यादबले गराएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP