Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

पोहोरको तुलनामा झण्डै दोब्बर वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै – यो वर्ष मनसुन सुरु भएपछि पोहोरकोभन्दा झण्डै दोब्बर बढी पानी परेको छ । मनसुन सुरु भएपछि अहिलेसम्म २६ दशमलव ८ मिलिमिटर  पानी परेको छ ।

गएको वर्ष यही अवधिमा जम्मा १३ दशमलव ३ मिलिमिटर मात्रै पानी परेको थियो । मनसुन अवधिभर नेपालमा सरदर १५ सय ३ दशमलव ५ मिलिमिटर पानी पर्ने गरेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद्  इन्दिरा कँडेलले जानकारी दिनुभयो । यस्तै देशका अरु  मुख्य स्टेशनमा मापन गरिएको सरदर वर्षा पनि औषतमा राम्रो भएको उहाँले बताउनुभयो ।

मनसुन अवधिभर काठमाण्डौ उपत्यकामा ११ सय ३० दशमलव ३ मिलिमिटर सरदर  पानी पर्ने गरेकोमा यो वर्ष ३ सय १९ दशमलव ६ मिलिमिटर अर्थात २८ दशमलव ७७  प्रतिशत पानी परिसकेको छ । यस्तै सरदरमा  ३१ सय ८९ दशमलव १ मिलिमिटर पानी पर्ने गरेको पोखरामा यो वर्ष ७ सय ७७ दशमलव ९ मिलिमिटर अर्थात् २४ दशमलव ३९ प्रतिशत पानी परिसकेको छ ।

सरदर  १५ सय ५७ दशमलव ६ मिलिमिटर पानी पर्ने विराटनगरमा यो वर्ष ७ सय ३७ दशमलव १ मिलिमिटर अर्थात् ४७ दशमलव ३२ प्रतिशत पानी परिसकेको छ । सरदरमा  १३ सय ३५ दशमलव २ मिलिमिटर पानी पर्ने नेपालगञ्जमा  यो वर्ष २ सय ३४ दशमलव १ मिलिमिटर अर्थात् १७ दशमलव ५३ प्रतिशत पानी परिसकेको कँडेलले बताउनुभयो ।

सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको तीस वर्षको औसत वर्षालाई जनाउँछ ।  सामान्यतया नेपालमा जुन १० देखि मनसुन प्रवेश गर्छ । तर यो वर्ष दुई दिन ढिला अर्थात् जुन १२ देखि मनसुन नेपाल प्रवेश गरेको थियो । गएको वर्ष नेपालमा १० दिन ढिलो अर्थात् जुन २० अर्थात् असार ५ मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।

नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो ।  कहिलेकाहीँ मनसुन सक्रिय हुन समय लाग्छ भने कुनै वर्ष छिट्टै सक्रिय हुने गर्छ । सामान्यतया मनसुन नेपाल प्रवेश गरेको ७ दिनभित्र देशभर फैलने गरेको छ । यसैबीच अझै केही दिन देशभरको मौसम सामान्यतया बद्ली भएर पानी पर्ने  सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

मनसुन सक्रिय नै भएकाले पानी पर्ने सम्भावना भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले पनि देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । दिउँसो प्रदेश १, २, गण्डकी र प्रदेश ५ मा ठूलो पानी पर्ने सम्भावना छ भने अरु ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । राति भने प्रदेश १,२ र बागमती प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP