Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विदेशबाट आएकालाई ठगेको भन्दै यातायात व्यवसायीहरुले मागे भाडाको विवरण

काठमाण्डौ – यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका व्यक्तिहरुलाई सवारी भाडादरमा ठगी गरिएको भन्दै भाडादरको विवरण उपलब्ध गराउन माग गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका पदाधिकारीहरुले आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेट गरी होल्डिङ सेन्टरबाट प्रदेश र पालिकासम्म पुर्‍याउँदा महँगो भाडादर लगाइएको भन्दै त्यसको सूचना उपलब्ध गराउन माग गरेका हुन् । 

महासङ्घका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले सीसीएमसीले होल्डिङ सेन्टरबाट यातायात व्यवस्था विभागमार्फत विभिन्न ठाउँमा पुर्‍याउने कार्यको व्यवस्थापन गर्ने भने पनि विभागले आफूहरुलाई कुनै जानकारी नगराएको र यात्रुलाई महँगाे भाडादरमा घर जान बाध्य पारेको बताउनुभयो । 

उहाँले होल्डिङ सेन्टरबाट विना टेण्डर, विना कोटेशन र विना सूचना अनाधिकृत व्यक्तिहरुमार्फत यातायात व्यवस्था विभागबाट तोकिएको भाडादर विपरीतको भाडा लिएर ठगी गरिएको बताउनुभयो । विभागले तोकेको भाडादरमा तराई क्षेत्रमा ४० प्रतिशत, पहाडी क्षेत्रमा ५० प्रतिशत र उच्च पहाडी क्षेत्रमा ६० प्रतिशत भाडा लिएर सेवा उपलब्ध गराउन सकिने भए पनि आफूहरुले कुनै सूचना नपाएको रिजालले बताउनुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सीसीएमसी, नेपाली सेना र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर गाडी उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले विभागले टेण्डर हालेर, कोटेशन निकालेर गर्नुपर्ने विषय नभएको र सवारी उपलब्ध गराउने विषयमा सम्बन्धित पक्षसँग समन्वय गर्न आग्रह गर्नुभयो । 

उहाँले सवारी उपलब्ध नभए विभागले जसरी पनि उपलब्ध गराउने भनेको तर टेण्डर निकाल्नु पर्ने विषय नभएकाले व्यवसायीहरुलाई गाडी उपलब्ध गराउन जानकारी गराइएको बताउनुभयो ।

व्यवसायीहरुले भने विभागले कुनै लिखित सूचना नदिएको बताए । उनीहरुले विदेशबाट नेपालमा कति मानिस भित्रिए र कति मानिससँग कति भाडा लिएर पठाइयो त्यसको सूचना आफूहरुले पाउनुपर्ने हक रहेको भन्दै सूचना दिन माग गरे । उनीहरुले गाडी उपलब्ध गराउने विषयमा आफूहरुलाई सूचना नदिनुले ठूलै ठगी भएको स्पष्ट हुने बताए ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP