Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

इरानमा सरकार विरोधी प्रदर्शन उग्र बन्दै, ४५ जनाको मृत्यु

काठमाडौं : इरानमा सरकार विरोधी प्रदर्शनले उग्ररुप लिएको छ।

इरानी धर्मगुरुहरूको शासन र सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको विरुद्धमा विगत १२ दिनदेखि जारी आन्दोलन अहिले देशका ३१ वटै प्रान्तका सयभन्दा बढी सहरमा फैलिएको छ।

राजधानी तेहरान र दोस्रो ठूलो सहर मशदमा हजारौँको संख्यामा उत्रिएका प्रदर्शनकारीले निर्वासित पूर्व युवराज रेजा पहलवीको समर्थनमा नाराबाजी गरिरहेका छन्। उनीहरूले तानाशाहको अन्त्य होस् भन्दै सुरक्षा घेरा तोडेर सडकमा प्रदर्शन गरेका हुन्।

यसैबीच, विभिन्न मानव अधिकारवादी संस्थाहरूले हिंसामा परी मृत्यु हुनेको संख्या ४५ नाघेको बताएका छन्। नर्वेस्थित इरान ह्युमन राइट्सका अनुसार मारिनेमा आठ जना बालबालिका समेत छन्। इरानको अर्ध–सरकारी समाचार संस्था फार्सले भने केही सुरक्षाकर्मीको पनि मृत्यु भएको पुष्टि गरेको छ।

आन्दोलन दबाउन सरकारले देशभर इन्टरनेट सेवा बन्द गरिदिएको छ। आर्थिक मन्दी, मुद्रास्फीति र भ्रष्टाचारका कारण सुरु भएको यो प्रदर्शन सन् २०२२ पछिकै ठूलो मानिएको छ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले भने सुरक्षा निकायलाई संयम अपनाउन निर्देशन दिनुभएको छ । उता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदर्शनकारीमाथि हिंसा भए कडा सैन्य कदम चाल्ने चेतावनी दिएका छन्। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP