Trending
flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास

बाणगंगाका अमृत बेल्बासे सम्पर्कविहीन : खोजी कार्यमा सहयोगको अपिल

कपिलवस्तुको वाणगंगा नगरपालिका–८ लौगाई निवासी अमृत बेल्बासे शिवरात्रीको दिनदेखि हराएका छन्। परिवारका अनुसार उनी सोही दिन दिउँसो करिब १ बजेतिर घरबाट निस्किएका थिए र त्यसपछि सम्पर्कविहीन बनेका हुन्।अमृत होराइजन इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। हराउँदा उनले हरियो–खैरो रंगको हुड, सेतो पाइन्ट तथा खुट्टामा चप्पल लगाएका थिए।परिवारले दिएको जानकारीअनुसार अमृत बोडगाउँ चोक पुगेपछि आफ्नो साइकल एक फलफूल पसलमा राखेर हिँडेको देखिएको थियो। त्यसपछि उनको अवस्था र स्थानबारे कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ।अमृतका पिता जनकप्रसाद बेल्बासे र माता सुनिता बेल्बासे हाल विदेशमा रहेका छन्। अमृत लौगाईमा आफ्नी हजुरआमा र दिदीसँग बस्दै आएका थिए।बालक हराएपछि परिवार तथा आफन्तले खोजी कार्य तीव्र बनाएका छन्। अमृतको बारेमा कसैलाई कुनै जानकारी भएमा अभिभावक बसन्ता बेल्बासेलाई 9840489209 नम्बरमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।स्थानीय बासिन्दा तथा सम्बन्धित निकायलाई खोजीमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ। वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP