Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि महासंघले सुरु गरेको दबाव र आन्दोलन जारी

कोभिड–१९ को महामारीका समयमा सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई निष्काशन गर्ने, तलब कटौती गर्ने, बेतलबी बिदामा राख्ने र काम गर्ने वातावरण सृजना नगर्ने जस्ता कार्यविरुद्ध नेपाल पत्रकार महासंघ दबाव र आन्दोलनमा छ ।

महासंघले उत्पन्न समस्या समाधान गर्नका लागि सञ्चार प्रतिष्ठानहरुमा कालो ब्यानर राख्ने, धर्ना दिने जस्ता आन्दोलनका कार्यक्रम र वार्ता तथा कानूनी उपचारको बाटो एकसाथ अवलम्बन गरिरहेको छ ।

यही क्रममा आज महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र सचिव रामप्रसाद दाहालको उपस्थितिमा पद्मा मिडिया ग्रुपद्वारा सञ्चालित माउण्टेन टेलिभिजन तथा उज्यालो नेटवर्कका व्यवस्थापन पक्षसँग छलफल गरिएको छ ।
पद्मा मिडिया ग्रुप अन्तर्गतको माउण्टेन टेलिभिजनको व्यवस्थापन पक्ष र महासंघ माउण्टेन टेलिभिजन शाखाबीच श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गर्ने विषयमा लिखित सम्झौता सम्पन्न भएको छ भने उज्यालो नेटवर्क व्यवस्थापन पक्षसँग त्यहाँ उत्पन्न समस्या सम्बोधन गर्ने समझदारी भएको छ ।

श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि महासंघले सुरु गरेको दबाव र आन्दोलन जारी रहने छ ।

रमेश विष्ट
महासचिव

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP