Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

चार नेतालाई बिभाजन रोक्ने चिन्ता

 केही दिन यस्तै ‘अफर’ लिएर अधिकांश नेताको घर तथा निवासमा ‘द्यौसी भैलो’ खेली परिस्थितिलाई आफू अनुकूल बनाउन एक पक्ष कम्मर कसेर लाग्नेछ । 

पछिल्लो परिस्थितिमा सरसर्ती हेर्दा माधव नेपाल, पुष्पकमल दाहाल, वामदेव गौतम र झलनाथ खनाल नतमस्तकको अवस्थामा देखिन थाल्नुभएको छ, पार्टीगत बहुमतको बलमा अध्यक्षलाई प्रधानमन्त्री पदबाट राजीनामाको निर्देशन दिऊँ त्यही निहुँमा टेकेर पार्टी फुट्ने डर, केही नगरौं पेलाई घाँटी घाँटीसम्म । त्यसैले जान सकिनेसम्मको अन्तिम विन्दूमा पुगेर जहाज आकाशमा होल्ड भै बसेको अवस्था छ । वहाँहरूसँग तहगत कमिटीहरूबाट आवश्यक निर्णय लिने र त्यसको कार्यान्वयन गराउने स्पेस मात्रै छ । त्यसैले त्यतातिरबाट थप निर्णय हुनसक्ने भयका कारण प्रधानमन्त्रीले आफूलाई सहज तुल्याउन विभिन्न उपाय अवलम्बन गर्न खोज्नुलाई विश्लेषकहरू स्वाभाविक ठान्छन् ।

यसबीच वामदेव गौतमको निवासमा विभिन्न मन्त्री,मुख्यमन्त्री र नेताले गरेको सामुहिक भेट,शीतल निवासमा बोलाएर दिइएको आश्वासन तिनै अभ्यासका केही उदाहरण हुन् । नेकपाको राजनीतिमा कहिँ कतै नदेखिएका व्यक्ति पनि अहिले राम्रै खेलाडी बनेर दौडिएका छन् । ह्वाइट हाउस कलेजका अध्यक्ष तथा ओम्नी समूहसँग सम्बद्ध युवराज शर्मा समेत गौतमलाई एम्बुस थाप्न कस्सिनुले पनि खेलमा को-को संलग्न छन् भनेर तत्काल आँकलन गर्न अर्को पक्षलाई गाह्रो भएको छ ।

उता,सुरेन्द्र पाण्डेको निवासमा अर्थमन्त्रीको अफर लिएर जानेहरूको समूह र हैसियतले पनि सरकारी खेल पारदर्शीे नरहेको स्पष्ट हुन्छ । अबको केही दिन यस्तै ‘अफर’ लिएर अधिकांश नेताको घर तथा निवासमा ‘द्यौसी भैलो’ खेली परिस्थितिलाई आफू अनुकूल बनाउन एक पक्ष कम्मर कसेर लाग्नेछ ।

उता, काँग्रेस विशेषगरी शेरबहादुर देउवासँगको राजनीतिक लेनदेनमा प्रधानमन्त्रीले आरजु राणाको राजनीतिक भविश्यलाई फराकिलो पार्न विभिन्न प्रयास गर्ने अनुमान गरिएको छ । महाधिवेशनको मुखैमा देउवा स्वयमले प्रधानमन्त्रीको तीव्र आकांक्षा नराखे पनि चुनावको बेला सत्ता साझेदारीको अपेक्षा राख्नसक्ने अनुमान छ । प्रधानमन्त्रीको काँग्रेससँग सम्झौता भएमा विगतमा माओवादी र काँग्रेसबीच भएको एक-एक वर्षको सत्ता साझेदारीलाई नै देउवाले अघि सार्ने सम्भावना पनि प्रकट हुनसक्छ ।

विकल्पको रूपमा प्रधानमन्त्रीले काँग्रेसपछि झिनो ढंगले जनता समाजवादीसँग पनि सम्भावित राजनीतिक जोड घटाउको गृहकार्य नथाल्नुहोला भन्न सकिन्न । बाहिर सम्बन्ध जे जस्तो भएपनि भित्री तवरले डा. बाबुराम भट्टराईसङ्ग सँवाद थालिएका केही संकेत देखिएका छन् । प्रधानमन्त्रीले आफूसङ्ग जोरी खोज्नेलाई देखाइदिन संसदमा स्पष्ट बहुमतको लागि विभिन्न उपाय खोज्नेमा कुनै दुईमत छैन । अहिले स्थायी समिति बैठक लम्ब्याइएको अवस्थालाई विभिन्न छलफल र प्रयासको लागि प्रशस्त समय खर्चिन सजिलो हुने ढंगले अथ्र्याइएको छ ।

वामदेव गौतमलाई उपाध्यक्ष बनाउने आश्वासन दिएपछि पनि पार्टीबाट  निर्णय गराउन महाभारत नै भएको थियो । त्यसैगरी उहाँलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने विषयलाई कार्यान्वयन नगरी अड्काइएको छ । यस्तो अवस्थामा उहाँलाई हालै गरिएको उधारो  ‘अध्यक्ष’ र ‘प्रधानमन्त्री’ को अफरलाई तत्कालको गर्जो टार्ने थप सिरिज मान्नेहरुको कमि छैन ।

प्रधानमन्त्रीले आफूसङ्ग जोरी खोज्नेलाई देखाइदिन संसदमा स्पष्ट बहुमतको लागि विभिन्न उपाय खोज्नेमा कुनै दुईमत छैन । अहिले स्थायी समिति बैठक लम्ब्याइएको अवस्थालाई विभिन्न छलफल र प्रयासको लागि प्रशस्त समय खर्चिन सजिलो हुने ढंगले अथ्र्याइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP