पार्टीको ह्विप नमानेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गर्न अध्ययन कार्यदलले सिफारिस गरेको छ। कार्यदलको सिफारिसबारे निर्णय गर्नमंगलबारसमाजवादी पार्टी पदाधिकारीको बैठक संसदीय दलको बैठक सिंहदरबारमा बस्ने भएको छ।
पदाधिकारी बैठकले आफ्नै पार्टीकी प्रतिनिधिसभा सांसद् सरिता गिरीलाई कारबाहीबारे निर्णय गर्न सक्ने समाजवादी पार्टीका एक नेताले बताए। ‘पदाधिकारी बैठकमा पार्टी एकतापछि गर्नुपर्ने महत्वपूर्ण विषयमा छलफल हुन्छ।
सरिता गिरीमाथि कारबाहीको विषयमा समेत निर्णय हुन सक्छ। अध्ययन कार्यदलले सांसद गिरीलाई पार्टी र सांसद्बाट समेत निष्काशन गर्न सिफारिस गरेको छ,’ ती नेताले भने।
सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए।
सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निसान छापमा भएको नक्सा संशोधन गर्न संसद्मा दर्ता गराएको विधेयकमा संसोधन प्रस्ताव दर्ता गराउँदै तत्काल ती क्षेत्र नेपालको नक्सामा समावेश गर्न नहुने बताएकी थिइन्।
सरकारले दर्ता गराएको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध गिरीले प्रस्ताव दर्ता गराएपछि समाजवादी पार्टीेको दलको बैठकले गिरीलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको थियो। तर गिरीले दलको ह्वीप उल्लंघन गरी प्रस्ताव फिर्ता नलिएपछि समाजवादी पार्टीले कारबाही गर्ने निर्णय गरेको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया