Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

यूएईदेखि क्वरेण्टीनसम्म : मानिस हाम्रो नजिक परेनन्, किनेर खान बाटोमा पैसासमेत चलेन

रमेश बुढाथोकी, झापा ।

म पनि अरुजस्तै कमाउन र जमाउन भनेरै गएको थिएँ यूएई । तर परिस्थिति मेरो सोचभन्दा फरक भयो । धेरै समय यूएईको सारजहामा अलपत्र परें । घर फर्कन पनि के मात्र गर्नु परेन !

विभिन्न मिडिया, फेसबुक लाइभ अनि प्रधानमन्त्रीलाई चिठीदेखि धेरैपटक सरकारसँग उद्धार गरिदिन माग गर्न पर्‍यो ।  समस्या पनि यति थियो कि एक पेट भर्न पनि दिनरात संसारसँग गुहार माग्नु पर्‍यो । तर परदेशमा पनि सहयोग चाहिँ मिल्यो । एनआरएनएको सहयोगमा खान बस्न र स्वदेश फिर्तीका लागि पहल भयो । 

यूएईमा सँगसँगै दुःखको घामपानी सहेका हामी जहाजमा पनि एकसाथ विमानस्थलसम्म आयौं । अनि होल्डिङ सेन्टर हुँदै आआफ्नो आफ्नो प्रदेश, जिल्ला र नगरपालिकातिर लागियो । 

जहाजले त यूएईबाट विमानस्थलसम्म छिट्टै ल्यायो । तर विमानस्थलमा निकै समय लाग्दो रहेछ । ढिलो हुने हरेक कामहरु । विमानस्थलबाट बाहिर निस्कनै चार घण्टा लाग्यो । त्यो देख्दा हाम्रो सरकारी प्रणालीसँग खुब रिस उठ्यो। किनकी हामी भोकै प्यासै विदेशबाट स्वदेश फर्किएका थियौं ।

हामी त जवान थियौं । खाली पेटसँग केही समय भए पनि टिक्न सकेका थियौं । तर सँगै जहाजमा फर्किएका गर्भवतीहरु देख्दा मनै खिन्न भयो । तर के गर्ने नियम मान्नुको विकल्प थिएन । एक त विदेशबाट फर्किएको भन्नासाथ कोरोना आयो भन्छन् । हामी कति दुःख भोगेर फर्कियौं भनेर त कस्ले बुझ्ने र ? 

विमानस्थलबाट हामीलाई राधेराधेको पार्टी प्यालेसमा लगियो । त्यहाँ खाना खुवाइयो । त्यसपछि सेनाकै गाडीमा भक्तपुरस्थित खरिपाटी क्वरेण्टीनमा राखियो । विमानस्थलबाट लगभग ९ घण्टा लाग्यो खरिपाटीको क्वरेण्टीनमा पुग्न । त्यतिबेला लाग्यो अब त मरे पनि आफ्नै देशमा मरौंला । मनमा छुट्टै आनन्द भयो । काठमाण्डौबाट आफ्नो प्रदेश १ आउनका लागि प्रति व्यक्ति १८ सय रुपैयाँ भाडा तिर्नुपर्‍यो । विभिन्न ठाउँमा जाँच हुँदै हामी हाम्रो पहिलो गन्तव्य प्रदेश १ को होल्डिङ सेन्टर चतारातर्फ अघि बढ्यौं । 

भोलिपल्ट हामीलाई आफ्नो प्रदेश लैजाने तयारी भयो । प्रदेश १ का हामी ४१ जना एउटा दुईवटा गाडीमा जान तयार भयौं । काठमाण्डौबाट आफ्नो प्रदेश १ आउनका लागि प्रति व्यक्ति १८ सय रुपैयाँ भाडा तिर्नुपर्‍यो । विभिन्न ठाउँमा जाँच हुँदै हामी हाम्रो पहिलो गन्तव्य प्रदेश १ को होल्डिङ सेन्टर चतारातर्फ अघि बढ्यौं । 

कोरोनाले समाज कस्तो बनाएछ त्यो त विदेशमा अनुभव गर्न पाइएको थिएन । तर जब  हाम्रो यात्रा भयो, तब बुझियो । यतिसम्म कि कतिपय पसल र  होटेलमा हाम्रो पैसा चलेन । धेरैजना हाम्रो नजिक परेनन् । मानौं कि हामी कोरोना बम हौं । हामी त आफ्नो देश सम्झेर फर्किएका थियौं ।

हाम्रो देशको, परिवारको र आफन्तको माया परदेशीलाई जति कसलाई लाग्ला र ? तर त्यो कुरा खै किन नबुझेका होलान् ? फेरि हामी परीक्षण गरेरै आएका हौं । कोरोनाको शंका भए त हामी पनि किन आउने थियौं र ? तर समाजले त्यो कुरा नबुझ्ने रहेछ । 

यात्राकै क्रममा प्रदेश १ को होल्डिङ सेन्टर हँुदै हामी झापा जिल्लाको होल्डिङ सेन्टर भद्रपुर पुग्यौं । लगभग २४ घण्टाको यात्रा गरेर । हामीले त सह्यौं, तर गर्भवतीको अवस्था देख्दा साह्रै नरमाइलो लाग्यो । सरकारसँग रिस उठ्यो । पसलमा पैसा चलेन । न खान पाउनु, न बस्न । यति लामो यात्रा । कसरी यात्रा गरे होलान् गर्भवतीहरुले ? म कल्पना पनि गर्न सक्दिनँ । 

भद्रपुर होल्डिङ सेन्टरमा पुग्दा थाहा भयो कि आफ्नो वडाध्यक्षलाई सम्पर्क गरेर आफ्नो क्वरेण्टीनमा जानुपर्ने रहेछ । त्यही अनुसार मैले झापा अर्जुनधारा ६ का वडाध्यक्षलाई फोन गरेर आफ्नोबारेमा जानकारी गराएँ ।

उहाँले २० मिनेट कुर्नुस् गाडी आउँछ भन्नुभयो । गाडी आयो पनि । आफ्नो वडाबाट आफूलाई लिन आएको एम्बुलेन्स देख्दा खुसीले मन फुरुङ्ग भयो । अर्जुनधारा नगरपालिकाको स्थानीय क्वरेण्टीन शनिश्चरे माध्यमिक विद्यालयमा रहेछ । 

क्वरेण्टीन  स्कुलको कोठा घरको कोठाभन्दा केही ठूला र कोठाको साइज अनुसारका बेड थियो  । हरेक खाटमा एउटा झुल, म्याट्रेस, तन्ना अनि ओड्नेसँगै सिरानी । 

आफ्नो व्यक्तिगत प्रयोगको लागि प्लेट, ग्लास, कचौरा अनि नुहाउने, कपडा धुने साबुन, टुथपेस्ट अनि ब्रस सबै दिने रहेछन् । मैले त समाचारमा सुनेअनुसार केही पनि पाइन्न होला भनेर यूएईबाटै एनआरएनएले दिएको पेस्टहरु बोकेर ल्याएको थिएँ । रिपोर्ट नेगेटिभ आएमा आफ्नै घरमा होम क्वेरेण्टीनमा बस्न पठाइने रहेछ । यो क्वरेण्टीनको व्यवस्थापनसँगै दिनरात नभनी खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि सबैजना धन्यवादको पात्र हुनुहुन्छ ।  

तर क्वरेण्टीनको व्यवस्था सोचेभन्दा राम्रो रहेछ । हरेक कोठामा पङ्खाको व्यवस्था, इन्टरनेट, स्वास्थ्यकर्मीको टोली, सुरक्षाकर्मी, एम्बुलेन्स र एउटा गाडी हाम्रै लागि राखिएको रहेछ । बिहान ६ बजे सिठीको आवाजसँगै उठ्नुपर्ने । त्यसपछि ज्वरो नाप्ने, कसरत गर्ने । हामीलाई हँसाउन र खुसी राख्न स्वास्थ्यकर्मीहरुको प्रयास एकदमै राम्रो लाग्यो । 

चिया, नास्ता, खाना लगायत सबै कुरा समयमै पाइयो । एक्लोपन र तनाव हटाउन, अनि सधैं हामीलाई हँसाउन र सकारात्मक सोच बढाउन डाक्टरहरु सबैजना खटिनुभएको छ । चौबीस घण्टा नै तातोपानीको व्यवस्था रहेको छ । क्वरेण्टीनमा आएको ५ देखि ६ दिनको बीचमा पीसीआर जाँच हुने रहेछ ।

रिपोर्ट नेगेटिभ आएमा आफ्नै घरमा होम क्वेरेण्टीनमा बस्न पठाइने रहेछ । यो क्वरेण्टीनको व्यवस्थापनसँगै दिनरात नभनी खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि सबैजना धन्यवादको पात्र हुनुहुन्छ ।  

यहाँ नआउँदासम्म मलाई लाग्थ्यो, सरकारले १० अर्ब रुपैयाँ यसै सक्यो । तर अहिले लाग्छ देशभर यस्तै क्वरेण्टीन बनेका छन् भने त्यो खर्च अवश्य भएको छ । देशभर यस्तै क्वरेण्टीन बनोस् । विदेशबाट फर्कनेले खुसीसाथ क्वरेण्टीनमा बसेर घर फर्कन पाउन । कोही क्वरेण्टीनमा मर्न नपरोस् । विदेशबाट फर्कनेलाई मानवताको व्यवहार होस् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP