Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मौसम पूर्वानुमान महाशाखा भन्छ, ‘भोलीदेखि मुलुकका धेरै भागमा भारी वर्षा हुन्छ’

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोली बिहीबारदेखि मुलुकका धेरै भागमा भारी वर्षा हुने प्रक्षेपण गर्दै सम्भावित बाढीबाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजदेखि नै कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाब बढ्दै जाने अनुमान गरेको छ ।

कन्काई, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना, कान्द्रालगायत नदीका केही स–साना सहायक नदीमा भने आकस्मिक बहाब हुन सक्ने महाशाखाले जनाएको छ । भारी वर्षाका कारण बिहीबारदेखि देशभरका नदीको बहाब बढ्ने आकलन गरिएको छ ।

२६ देखि २९ गतेसम्म कन्काई, कोसी, कमला, वाग्मती, नारायणी र तिनका सहायक नदीमा पानीको बहाब बढ्ने महाशाखाको अनुमान छ । ती नदीमा पानीको सतह सतर्कता तहसम्म पुग्ने भएकाले सचेत हुन विशेषज्ञहरुले सजग गराएका छन् । यस्तै, कर्णाली, पश्चिम राप्ती, बबई र महाकाली नदीमा पनि पानीको सतह सामान्य बढ्ने अनुमान छ ।

महाशाखाका अनुसार आजदेखि नै प्रदेश १, प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको चुरे–तराईबाट बहने प्रायः सबै नदीमा पानीको बहाब सतर्कता तह आसपास पुग्ने सम्भावना छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP