Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

चीनको विआरआई भन्दा एमसीसी बढी नेपालको हितमा छः डा महत

काठमाडौँ । पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले चीन सरकारले ल्याएको बेल्टएण्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाभन्दा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा भएको बताउनुभएको छ ।

उहाँले सत्तापक्षका केही नेताहरुको गलत नियतका कारण विगत लामो समयदेखि छलफल र गृहकार्य हुँदै आएको एमसीसीको ५६ अर्ब रकम फिर्ता जाने अवस्थामा पुगेको दावी गर्नुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस नेता महतले चीनको विआरआईभन्दा पनि एमसीसी नेपालको हितमा रहेको र एमसीसीमा नेपाललाई हानी हुने कुनै व्यवस्था नरहेको बताउनुभयो ।

केही पुर्वाग्रही व्यक्तिहरुको नियोजित गलत व्याख्याका कारण सर्वसाधारणमा भ्रम परेको बहकावमा विरोध भइरहेको उहाँको बुझाई छ । नेपालको उन्नतिका लागि एमसीसी परियोजना उपयुक्त भएको र यसमा भएका कुनैपनि सहमति एवं सर्तहरु नेपालको संविधान र कानूनभन्दा माथि नरहेको डा महतले दावी गर्नुभयो ।

एमसीसीमा भएको विवादका कारण अमेरिकालागयतका दातृ निकायसँगको सम्बन्धमा असर पुग्ने भन्दै महतले नेपाल सरकारले एमसीसीपारित नगरे कोरोना संक्रमणले आर्थिक संकटमा परेको अमेरिकालाई फाइदै हुने धारण राख्नुभयो ।

उहाँले भन्नुभयो,‘विगत ७० वर्ष अगाडी देखि नेपाललाई सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध विग्रियो भने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंकलगायतका दर्जनौ सहयोगीहरु पनि नेपालबाट टाढिने संभावना हुन्छ ।”

डा.महतले संसदको विशेष अधिवेशन बोलाउने विषयमा पार्टीमा निर्णय नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हठातमा संसद अधिवेशन अन्त्य गर्नु गलत भएको बताउनुभयो । संसदमा धेरै विधेयकहरु रोकिएका र धेरै विषयहरु विचाराधिन रहेपनि नेकपाको आन्तरिक कलहले गर्दा संसद अन्त्य हुनपुगेको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP