Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

चीनले हस्तक्षेप गरेको छैन भन्दै भारतविरुद्ध खनिए नेकपाका नेता!

काठमाडौँ – नेपालको आन्तरिक मामिलामा उत्तरको छिमेकी मुलुक चीनले देखिने गरी बढाएको सक्रिय हस्तक्षेपको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले बचाउ गरेका छन् । चिनियाँ राजदूत हाउ यान्छीमार्फत नेपालमा बढिरहेको चीनको सक्रियतालाई सत्तारुढ दलका नेताहरुले बचाउ गरेका हुन् । उनीहरुले भारतसँग तुलना गर्दै नेपालमा चीनले सहयोगी भूमिका खेलेको तर भारतले सधैँ अपमान र हस्तक्षेप लादेको टिप्पणी समेत गरेका छन् ।

वैदेशिक हस्तक्षेपको खरो विरोध गर्ने नेताका रुपमा चिनिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि पछिल्लो समय नेपालमा बढिरहेको चीनको सक्रियताको बचाउमा उत्रनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा चारबुँदे टिप्पणी गर्दै भट्टराईले चीनले नेपालको संविधानलाई सम्मान गरेको तर भारतले स्वीकार नै नगरेको उल्लेख गर्नुभएको छ । यद्यपि भट्टराईले आफ्नो टिप्पणीमा चीन र भारतको नाम भने उल्लेख गर्नुभएको छैन ।

आफ्नो चारबुँदे टिप्पणीको पहिलो बुँदामा मन्त्री भट्टराईले ‘संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संविधान निर्माणप्रति सद्भाब राख्नु ठिक भनेर प्रश्न गर्नुभएको छ । नेकपाका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री भट्टराईले पहिलो र दोश्रो संविधानसभाको बेलामा तराईँ र पहाड, जाति जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाब राख्नु ठिक भनेर पनि प्रश्न गर्नुभएको छ ।

यस्तै उहाँले नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक भनेर पनि प्रश्न गर्नुभएको छ । आफ्नो टिप्पणीको अन्तिम बुँदामा उहाँले पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबीचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्धभाव राख्नु भनेर पनि प्रश्न गर्नुभएको छ ।

यी चारवटा प्रश्न गरिसकेपछि मन्त्री भट्टराईले कुनै पनि विदेशी राजनीतिक तथा कुटनीतिक गतिवधिलाई यसै सन्दर्भबाट हेरियो भने सही हुन्छ भन्ने निष्कर्ष दिनुभएको छ । यसको अर्थ अहिले चीनले नेपालमा देखाइरहेको सक्रियात सही हो भन्ने अर्थ दिने विश्लेषकहरुले बताएका छन् ।
यस्तै नेकपाका सचेतक देव गुरुङले पनि राजदूतले नेताहरुलाई भेट्नु कुनै अलौकिक कुरा नभएको बताउनुभयो । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले राजदूतसँग भेट हुँदा नेकपाकै झगडा मिलाउने सम्बन्धी मात्रै कुरा भयो भनेर विश्वास गर्न नहुने जिकिर गर्नुभयो ।

तर कुटनीतिज्ञ दिनेश भट्टराईले भेटघाट हुँदैमा आन्तरिक मामिलामा हस्तक्षेप भएको मान्न नसकिने नेकपाका नेताहरुको दाबी खारेज गर्नुभयो । आफ्नो पार्टीको आन्तरिक झगडामा विदेशीलाई निम्त्याउने नेकपाका नेताहरुको योग्यतामाथि पनि उहाँले प्रश्न उठाउनुभयो । शिष्टाचार भेट मात्रै हो भने अहिले हाम्रो पार्टीमा विवाद छ यो बेला भेट भयो भने गलत सन्देश जान्छ विवाद साम्य भएपछि भेटवार्ताको मिति तय गरौँला भनेर नेताहरुले भन्न नसकेकोमा उहाँको आपत्ति छ ।

नेकपाको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेपछि पार्टी विभाजनको संघारमा छ । यहि बेला चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग भेट गर्नुभएको छ । यो भेटघाट नितान्त पार्टीभित्रको झगडा मिलाउनका लागि चीनको हस्तक्षेपकारी कदम रहेको विश्लेषक लोकराज बरालको टिप्पणी छ ।

नेकपाको झगडामा चिनियाँ राजदूतको यो सक्रियतालाई नेपालको आन्तरिक राजनीतिमा चीनको ‘माइक्रो म्यानेजमेन्ट’ सुरु भएको अर्थमा पनि विश्लेषण भइरहेको छ । हिजो भारततीय राजदूतले निभाउने भूमिका अहिले चीनलाई सुम्पेको भन्दै कम्युनिष्टहरुको आलोचना भइरहेको छ । यसले देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप कुनै हालतमा भित्रिन नहुने आम नेपालीको चाहनामा तुसारापात भइरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP