Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

‘भारतीय मिडिया बकबास बन्द गर, नेपाली एकढिक्का छौँ’

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा गरेको प्रचारले सीमा नाघेको बताउनुभएको छ ।

नेता श्रेष्ठले ट्वीट गर्दै भारतीय सञ्चारमाध्यमले सरकार र प्रधानमन्त्री ओलीका बारेमा गरेको अनर्गल प्रचारलाई बकवासको संज्ञा दिनुभएको छ । उहाँले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति नेपाली एक ढिक्क रहेको र विदेशीको ‘फुटाउ र स्वार्थ पूरा गर’ भन्ने नीति सफल हुन नदिने पनि बताउनुभएको छ ।

भारतीय सञ्चारमाध्यमले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भ्रामक र आपत्तिजनक सामग्री दिइरहेका छन् ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा नेकपाका नेता योगेश भट्टराईले पनि भारतीय सञ्चारमाध्यमका सामग्रीले उनीहरु आफैँ नाङ्गिइरहेकाे बताउनुभएको छ । प्रधानमन्त्री ओली, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय सञ्चारमाध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दा पूर्वीय सभ्यताको उपहास भइहेको नेता भट्टराईको भनाइ छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP