दिपक के.सी. असार २५
कपिलवस्तुको शिवराज नगरपालिका पशु शाखाले नगरपालिका भित्रका मासु पसल र दुग्धडेरी पसलहरुको विहिबार अनुगमन गरेको छ । नगरमा संचालन भइ रहेका मासु र दुग्ध डेरीहरुको व्यवसायिक अवस्था लकडाउनले पारेको प्रभाव र विक्रि समाग्रीहरुको गुणस्तरियताको समग्र अनुगमन गरिएको हो ।

नगरमा संचालित पसलहरुमा सरसफाई राख्न र उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिई स्वस्थकर र गुणस्तरिय सामाग्री विक्रि निर्देशन दिएको शिवराज नगरपालिका पशु शाखाले जनाएको छ ।
वर्षातका बेला ढुवानी अभावले खाद्य वस्तुहरुको कृत्रिम अभाव, चर्काे मूल्यमा मासु तथा दुध विक्री वितरण नियन्त्रण गर्न बजार अनुगमन गरेको शिवराज नगरपालिकाको उपप्रमुख शिव कुमारी चौधरीले जानकारी जानकारी दिनु भयो ।

विहिबार विहान चन्द्रौटाका एक दर्जन मासु तथा दुधडेरीको अनुगमन गरेको छ । अनुगमनका क्रममा मासु पसल र दुधडेरी पसलको दर्ता नभए दर्ता गर्न अनुरोध गरिएको उप प्रमुख चौधरीले बताउनु भयो ।
अनुगमनका क्रममा शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले मासु पसल र दुधडेरी पसलका मासु पसल र दुधडेरी पसलका सञ्चालकलाई सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्नु भयो ।

सडेगलेका, म्याद नाघेका र कमसल वस्तुहरुको विक्री वितरण गरेको पाइए त्यस्ता विक्रेताहरुलाई अनुगमन समितिले तत्काल काूननी कारवाही गर्ने पशु सेवा शाखाका प्रमुख राम दुलारे यादव यादवले जानकारी दिनुभयो ।

बजार अनुगमनमा पशु चिकित्सक राम प्रसाद अधिकारी, इलका प्रशासन कार्यालयका सुब्बा प्रमेश्वर गुप्ता, वडा नं. ५ का अध्यक्ष अर्जुन पाण्डे, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया