Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कासिम सुलेमानीकाे हत्या अन्तर्राष्ट्रिय कानुनकाे उल्लङ्घन : संयुक्त राष्ट्र सङ्घ

काठमाण्डौ – अमेरिकाले इरानी सेनाका मुख्य कमाण्डर कासिम सुलेमानीको हत्या गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको संयुक्त राष्ट्र सङ्घकाे विशेषज्ञ टाेलीले बताएकाे छ । 

गएको जनवरीमा इराकको बग्दाद विमानस्थलमा अमेरिकाले हवाई आक्रमण गर्दा सुलेमानीसँगै नौ जनाको ज्यान गएको थियो । 

संयुक्त राष्ट्रको एक विशेष रिपोर्टको सम्बन्धमा एग्नेस कालामार्डले भने, ‘अमेरिकाले आक्रमणलाई औचित्य प्रमाणित गर्न पर्याप्त मात्रामा तथ्य पुगेको थिएन ।’

अमेरिकी राज्य विभागले सुलेमानीलाई ‘आतङ्कवादीलाई सहयोग गरेको’ आरोप लगाएको थियो । 

पछिल्लो हप्ता इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ३५ अन्यविरुद्ध सुलेमानीको हत्याको सम्बन्धमा हत्या र आतङ्कवादको आरोपमा पक्राउ पुर्जी (गिरफ्तारी वारेण्ट) जारी गरेको थियो । 

आक्रमणको कारण के थियो ?

इराकमा अमेरिकाको यो आक्रमण भर्खरै अमेरिका र इरानबीच बढ्दै गरेको तनावपछि भएको हो । 

गएको हप्ता इराकको किरकुकमा भएको आक्रमणमा अमेरिकी ठेकेदारको ज्यान गएको थियो र सेनाका चार जना घाइते भएका थिए । यो आक्रमणमा अमेरिकाले इरानका सुलेमानीलाई जिम्मेवार ठहराएको थियो । 

द वाशिङ्टन पोस्ट अनुसार यो घटना पनि अक्रमणको एउटा कारण हो तर केही दिनपछि गएको डिसेम्बर ३१ को साँझ इरान समर्थित सेनाका सदस्यहरुले बगदादमा रहेको अमेरिकी दूतावास घेरेका थिए । 

अमेरिकी सञ्चारमाध्यमका अनुसार यो घटनालाई लिएर अमेरिकाले या क्षेत्रमा सैनिकको सङ्ख्या बढाउने मात्र नभएर जवाफी कारबाहीको योजना बनायो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP