Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

प्रधानमन्त्रीका सल्लाहकारको प्रश्न – चिनियाँ राजदूतबाट सिकुन अरुले, विरोध किन ?

काठमाडौं । नेकपा भित्र विवाद भइरहेका बेला चिनियाँ राजदूतले नेकपाका नेताहरुलाई भेटेकोमा विरोध गर्नु गलत भएको प्रधानमन्त्रीका सल्लाहकारहरुले बताएका छन् ।

चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शिर्ष नेताहरुलाई पटक पटक घरमै गएर भेटघाट गर्नु गलत भएको भन्दै कुटनीतिज्ञहरुले नै विरोध गरिरहेका बेला सल्लाहकारहरुले राजदूतको बचाउन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेताहरुलाई भेटेकै आधारमा विरोध गर्नु ठिक नभएको तर्क गर्नुभयो ।
भेट भयो भन्दैमा पार्टी नै राजदूतले सञ्चालन गर्न खोज्यो भन्नु अल्प बुझाई र पुर्वाग्रही सोँच भएको उहाँको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “जो कोहीका सुझाव लिनु कुनै गलत होइन, सुवेच्छाहरु स्वागत योग्य हो, गलत चलखेलको पो विरोध गर्नुपर्दछ ।”

चिनियाँ राजदूतले नेपालको हितका लागि सहयोग गर्नु भएकाले धन्यवाद दिदै उहाँबाट अरु राजदूतहरुले सिक्नु पर्ने सल्लाहकार थापाको भनाई छ ।

उहाँले भन्नुभयो,“चिनियाँ राजदूतले नेताहरुलाई भेट्दा अरुलाई ज्वरो आउने ?किन विरोध गर्ने, बरु उहाँबाट सिकौँ न ।” उहाँको भेटघाटबाट तर्सिनु पर्ने कुनै कारण नभएको थापाले दावी गर्नुभयो ।

“फुटाउन नलागे भो नी त, मिलाउन लागेको, सुवेच्छा दिन लागेको हो भने त विरोध किन गर्ने, धन्यवाद पो दिनु पर्छ त,” उहाँले भन्नुभयो ।
पार्टी भित्रको विवादका बारेमा उहाँले प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर पार्टी एकिकरण संभव नभएको बताउनुभयो ।

“हट्नु पर्छ भनेर कसैले पाखुरा सुर्किएर हुदैन, विधान, सम्झौता, दस्तावेजले के भन्छ त्यही अनुसार गर्नु पर्छ, सम्झौतामा बहुमतका आधारमा निर्णय गर्ने भन्ने छैन, विधानमा एक पद, एक व्यक्ति भन्ने पनि छैन, त्यसैले त्यो समाधानको तारिका हैन,” प्रेस सल्लाहकार थापाले भन्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP