Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती

काठमाडौं । सत्तारुढ दल नेकपाको पदिय स्वार्थले पार्टीमा उत्पन्न विवादका कारण नेपालको विदेश नीति गम्भिर मोडमा पुगेको छ ।

मुलत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असक्षमता लुकाउन र त्यसबिरुद्ध पार्टी एवं जनस्तरबाट आएको विरोधलाई अन्त्यत्रै मोड्नका लागि दिएका अभिव्यक्तिहरु अहिले नेपालकै हितबिरुद्ध प्रयोग हुन थालेका छन् ।

खासगरी नेकपाको आन्तरिक राजनीतिमा चीनको अप्रत्यासित प्रवेश र प्रधानमन्त्री ओलीको भनाईलाई लिएर भारतीय मिडियाहरु नेपालबिरुद्ध तल्लो स्तरमै उत्रिएका छन् । नेपाल सरकारले लिम्पियाधुरासहितका भूभागलाई समेटेर नक्सा जारी गरेपछि भारतीय मिडियाहरु पत्रकारिताको मूल्य र मान्यता भन्दा तल्लो तहमा झरेका छन् ।

उनिहरुले भारतले मिचेको भूभागलाई नेपालको नक्सामा राखिएको भन्दा पनि नक्सा जारी गर्दा र त्यसपछि प्रधानमन्त्री ओलीले दिएका अभिव्यक्तिहरुलाई महत्व दिएर नेपालको विरोध गरिरहेका छन् । यो विरोधलाई नेकपा नेताहरुले समेत पार्टीको आन्तरिक कलहले निम्त्याएको परिणाम भनेका छन् ।

प्रधानमन्त्री ओलीले आफुलाई भारतले प्रधानमन्त्री र पार्टी नेतृत्वबाट हटाउन चाहेको भनाई राख्नु र केहिदिन यता सत्तारुढ नेकपाको आन्तरिक विवादमा चिनियाँ राजदूत होउ याङ्छीको सक्रियता बढ्नु भारतीय मिडियाका लागि ‘बाघ कराउनु र बाख्रा हराउनु’ जस्तै भएको छ ।

भारतीय मिडियाहरुको नेपालबिरुद्ध तल्लो स्तरको गतिविधिलाई लिएर नेपाल पत्रकार महासंघले पनि आपत्ति जनाएको छ । तर, महासंघले यो विषयमा भारतीय समकक्षीहरुसँग कुरा गर्न सकेको छैन ।

भारतमा दैनिक पत्रिका भन्दा अरुलाई सरकारले अनुगमन नगर्ने भएकाले पनि अन्य मिडियाहरुको नेपाल बिरुद्धको हद बढेको महासंघको भनाई छ ।

भारतीय सत्ता तथा प्रधानमन्त्री मोदी र उनको दल भारतीय जनता पार्टीका मुखपत्र जसरी विरोधीमाथि खनिने यी मिडियाहरुले गलत, मनगढन्त र अमर्यादित शैलीमा समेत समाचारहरु दिने गरेका छन् ।

त्यसको पछिल्लो उदाहरण बनेको छ, नेपाल, भारत र चीन सम्बन्ध । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा भारतीय मिडियामा सामान्य मर्यादा र शिष्टाचारको समेत पालना भएको छैन ।

यो विषयलाई लिएर अर्थविद्हरुले नेपाल—भारतबिचको व्यापार, सीमा र नागरिकता जस्ता विषयमा नेपाल सरकारले आफ्नो स्थान बनाउन नसक्नुको कारण भनेका छन् ।

भारतीय मिडियाहरुको समाचारलाई लिएर पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र कमल थापाले पनि आपत्ति जनाउनुभएको छ ।

श्रेष्ठले ट्वीटरमा भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघेको बताउनु भएको छ ।
भारतका लागि पूर्व नेपाली राजदुत दिपकुमार उपध्यायले पनि भारतीय मिडियाहरुको अनर्गल प्रचारले हद नाघेको बताउनुभएको छ ।

उहाँले सत्तारुढ नेकपाको आन्तरिक विवाद र प्रधानमन्त्रीको भनाईका कारण नेपाल बिरोधी आवाजहरु भन्दै यस्ता विषयमा विपक्षमा रहेका दलहरुले पनि बिचार गर्न आवस्यक भएको बताउनुभयो ।

विज्ञहरुले सरकारी गतिविधिकै कारण नेपाल, भारत र चीनसँगको मात्रै नभएर अरु मुलुकसँगको सम्बन्ध पनि अहिले विग्रदै गएको बताएका छन् ।
वैदेशिक सम्बन्ध विस्तारका क्षेत्रमा दुइतिहाई बहुमत प्राप्त सरकार भएपनि वर्तमान सरकार कम्जोर देखिएको र सत्तापक्षकै कारण नेपालमा विदेशी हस्तक्षेप बढ्नुका साथै भारतसंगको सम्बन्ध पनि विग्रन पुगेकाले भारतीय मिडियाहरु नेपालबिरुद्ध पित पत्रकारीतामा ओर्लिएको बताएका छन ।
नेपालसँग नक्साका कारण भारत रिसाएको र चीनले पनि भारतसँगको सम्बन्धमा तिक्तता ल्याउन नेपालमा सक्रियाता बढाएको उनिहरुको भनाई छ ।

तर, केही परराष्ट्रविज्ञले भने नेपालका नेताहरुकै कारण अहिले नेपाल यस्तो अवस्थामा पुगेको बताएका छन् । विदेशमा एउटा राजदूतलाई नेता र मन्त्रीहरु भेट्नका लागि असहज हुने तर, नेपालमा भने नेताहरुलाई खबरनै नदिएर पनि राजदूतहरुलाई भेटको अवसर मिलेको बताउँछन् ।
प्रधानमन्त्रीले भारतबिरुद्ध लगातार असन्तुष्टि व्यक्त गर्नु, नक्सा जारीपछि भारतसँग वार्ता प्रक्रिया अगाडी बढाउनुको सट्टा आन्तरिक विवादमा चीनलाई भित्राउनेले अहिलेको समस्या आएको र भारतीय मिडियाहरुलाई देखाएर मात्र समस्याको समाधान नहुने विज्ञको भनाई छ ।

पत्रकारिताको धर्मलाई विर्सिएर भारतीय मिडियाहरुले अहिले नेपालप्रति देखाएको व्यवहार पक्कै पनि खेद जनक छ । तर, यसको उत्पति कसरी भयो भन्ने कुरामा पनि सम्बन्धित निकायले ध्यान दिनैपर्छ ।
भारतीय मिडियाहरु नेपाल बिरुद्ध लागे भनेर हामी पनि उनिहरुको विरुद्ध लाग्नुभन्दा नेपालका प्रधानमन्त्री ओलीलाई जोडेर बनाइएको रिपोर्ट आपत्तिजनक भएकाले कुटनीतिक तरवबाट सरकारले यसलाई खण्डन गर्न लगाउनुपर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP