दिपक के.सी.
कपिलवस्तु असार २६
कपिलवस्तुको डिभिजन वन कार्यालय गौत्तमबुद्ध कपिलवस्तुले सडक हरियाली र सुन्दर बनाउन सडक किनारमा बृक्षारोपण गरेको छ । शुक्रबार शिवराज नगरपालिकाको वडा नं. ३ मा पर्ने स्वर्गद्धारी आश्रम प्रवेश मार्गमा वृक्षारोपण गरिएको हो ।
“स्वच्छ वातावरण स्वस्थ जीवन” भन्ने नारा सहित खरेन्द्रपुर चोक देखि आश्रम परिसर सम्म १ सय ८० वटा अशोकका विरुवा रोपिएको डिभिजन वन कार्यालय गौत्तमबुद्ध कपिलवस्तुका प्रमुख दुर्गा कार्कीले बताउनु भयो । डिभिजन वन कार्यालय गौत्तमबुद्ध र कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिको सहकार्यमा सडक किनारमा वृक्षारोपण गरिएको कार्कीले बताउनु भयो । डिभिजन वन र साझेदारी वनले यस बर्ष सडक सौन्दर्यका लागी करिब ४ सय अशोक र समीका विरुवा सडक किनारमा रोपेको कपिलवस्तु साझेदारी वनका रेन्जर गणेश पुरीले बताउनु भयो । सडक वातावरण मैत्री वनाउनका लागी शिवराज नगरपालिका वडा नं. ३ र ४ जोड्ने वसन्तपुर डकैया सडकमा २ सय विरुवा लगाइएको पुरीले बताउनु भयो । सडकको दुवै छेउमा ३ दखि ५ मिटरको फरकमा टिगार्ड सहित वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय गौत्तमबुद्ध प्रमुख कार्कीले बताउनु भयो ।
खरेन्द्रपुर देखि स्वर्गद्धारी आश्रम सम्म जाने बाटोमा वृक्षारोपण गर्दै रोपिएका विरुवाहरुलाई हुर्काउन र वढाउन स्थानियले हेरचाह गर्नु पर्ने वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो । धार्मिक र पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण स्थल रहेको आश्रम प्रवेश गर्ने सडकमा वनले प्राथमिकता दिई वृक्षारोपण गरेकोमा डिभिजन वन र साझेदारी वनलाई धन्यवाद दिदै रोपेका विरुवालाई हुर्काउने र संरक्षण गर्ने जिम्मा स्थानियको भएको नेपाली काग्रेसका नेता इश्वरी पाण्डेले बताउनु भयो । सडक किनारमा वृक्षारोपण कार्यक्रममा स्वर्ग द्धारी आश्रम व्यवस्थापन समिति अध्यक्ष चन्द्रा पाण्डे ,समयथान मा.वि. र बहुमुखीका प्रधानाध्यापक साझेदारी वनका पदाधिकारी , वन कर्मचारी लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।
३ लाख विरुवा उत्पादन र वितरण
डिभिजन वन कार्यालय गौत्तमबुद्धले यस बर्ष ३ लाख १५ हजार विभिन्न प्रजातीका विरुवाहरु उत्पादन गरी वितरण गरेको छ । डिभिजनले आफ्नो नर्सरीमा विरुवा उत्पादन गरी साझेदारी, सामुदायिक वनहरुलाई वितरण समेत गरेको छ । जस मध्ये साझेदारीहरुलाई ३ लाख विरुवा वितरण गरेको प्रमुख कार्कीले बताउनु भयो ।
साझेदारी र सामुदायिक अन्तर्गतका वनहरुमा अतिक्रमण क्षेत्रमा अतिक्रमण नियन्त्रण गरी सो क्षेत्रमा वृक्षारोपण गर्न विरुवा वितरण गरिएको कार्कीले बताउनु भयो । यस्तै डिभिजनले विभिन्न फलफुलका २३ हजार विरुवा खरिद गरि स्थानियलाई वितरण समेत गरेको छ । निजी क्षेत्रमा वृक्षारोपण गर्न ६ वटा सब डिभिजन र डिभिजन वन कार्यालय मार्फत फलफुलका विरुवाहरु वितरण गरिएको कार्कीले बताउनु भयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया