Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

गुल्मीको छत्रकोटका अध्यक्ष विरुद्धमा स्थानीयको प्रदर्शन, लाखौँ अनियमितता गरेको आरोप

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तको विरुद्धमा स्थानीय गाउँलेहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अध्यक्ष पन्तका विरुद्धमा नारावाजी गर्दै गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । लामो समयदेखि धेरै कामहरुमा विधि र प्रक्रियालाई मिचेको भन्दै स्थानीयले उहाँका विरुद्धमा प्रदर्शन गरेका हुन् ।

गाउँपालिकामा रहेको बजेट बाँडफाँड गरेर वडा वडामा पठाउनु पर्नेमा वडालाई नदिई आफैले योजना र कार्यक्रमहरु बनाएर आफै काम गर्ने गरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । काँग्रेस नेता अनन्त पौडेल ,धाता भुसाल, मोती भण्डारीको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुका अनुसार अध्यक्ष पन्तले गाउँपालिकाका अधिकांश काम आफ्नै डोजर मार्फत् आफैले गराउने गर्नुभएको छ ।

वडा अध्यक्षहरुले बजेट माग गर्दा पनि अनेक गरेर झुलाउने र आफ्नै डोजर मार्फत् काम गराउने सर्तमा मात्रै दिने गरेको स्थानीयको भनाइ छ । अध्यक्ष पन्तले वडालाई बजेट नदिएर गाउँपालिकाको झण्डै ८० लाख र सांसद विकास कोषको झण्डै ५० लाख आफ्नै नियन्त्रणमा राखेको स्थानीयले बताएका छन् ।

पन्तले यसअघि कागतीका ५० ओटा विरुवा लगाउन २२ लाख रुपैया खर्च देखाएको भनेर यसअघि पनि विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो । पन्तले लाखौँको अनियमितता गरेकोभन्दै धेरै ठाउँमा उजुरी दिएपनि कसैले सुनुवाई नगरेकोप्रति पनि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् ।

नेकपा गुल्मीका अध्यक्ष समेत रहेका पन्तप्रति नेकपाकै नेता तथा कार्यकर्ताहरु पनि असन्तुट रहेका छन्। उहाँले कुनै पनि काम गर्दा आफ्नै पार्टी र सहयात्री दलहरुसँग समन्वय नगरी एकलौटी गर्ने गरेकोभन्दै पार्टी भित्रैबाट बेला बेलामा विरोध हुने गरेको छ ।

उहाँको भूमिकालाई स्थानीय सरकारमा हुने विक्रितीको उदाहरणका रुपमा प्रस्तुत गर्ने गरिएको छ । जनताको रगत पसिना काटेर बनाइएको सरकारी बजेटलाई पन्त जस्ता जनप्रतिनिधिले दुृरुपयोग गरेकोभन्दै स्थानीयले आक्रोश व्यक्त गर्ने गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP