कास्की – कास्कीमा पहिरोमा परि ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ राहत दिइने भएकाे छ ।
जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । बैठकले घाइतेहरुकाे निःशुल्क उपचार गरिदिने निर्णय पनि गरेको छ ।
बैठकले पीडित घरपरिवारलाई सरकारी मापदण्डअनुसार थप राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै बैठकले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
बिहीबार रातिदेखिकाे अविरल वर्षाकाे कारण कास्कीमा अहिलेसम्म सात जनाकाे ज्यान गएकाे छ भने १२ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया