Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सङ्क्रमणको दर घट्यो, एक हप्तायता दैनिक औसत १ सय ९८ जनामा कोरोना पुष्टि

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । थप एक सय १८ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

अहिलेसम्म आठ हजार ११ जना निको भएर घर फर्किएकाेले आइसाेलेशनमा रहेका सक्रिय सङ्क्रमितकाे सङ्ख्या आठ हजार ६ सय तीन ३ रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक सय २० जना डिस्चार्ज भएका हुन् । 

पछिल्लो सात दिनमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । १९ गते सात सय २० जनामा कोरोना देखिएको थियो ।  २० गते दुई सय ३२ जनामा, २१ गते दुई सय ९३ जनामा, २२ गते एक सय ८० जनामा, २३ गते दुई सय चार जनामा, २४ गते दुई सय ५५ जनामा, २५ गते हिजो एक सय आठ जनामा  र आज एक सय १८ जनामा मात्रै कोरोना पुष्टि भएको छ ।

यस्तै ६ जिल्ला कोरोनामुक्त भएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभएकाे छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार पीसीआर विधिबाट चार हजार आठ सय ६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ७५ हजार नाै सय ५१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गाैतमले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP