Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

जाजरकोटमा पहिरोमा परी ११ जना वेपत्ता


जाजरकोट । जाजरकोटको बारेकोट गाँउपालिका ४ मा गएराति गाँउभन्दा माथिबाट खसेको पहिरोले दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका छन् ।

गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले दिएको जानकारी अनुसार गएराति लगातारको वर्षापछि झरेको पहिरोले गोपाल सार्की र कलु सार्र्कीको घर बगाएको हो ।

पहिरोमा पाहुना आएका सहित हराएका १२ मध्य एकजनाको शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । अन्य ११ जना पहिरोमै पुरिएको शङ्का गरिएको छ । अहिलेसम्म प्रहरी घटनास्थल पुग्न सकेको छैन ।

पहिरोमा ५२ वर्षीय गोपाल सार्र्कीसहित उहाँकी श्रीमती ५० वर्षीय पुष्पा सार्र्की, १३ वर्षीय छोरी लक्ष्मी सार्र्की र ११ वर्षका छोरा अर्जुन सार्र्की वेपत्ता हुनुभएको छ ।

गोपालको घर पहिरोले पुरेको छ । ३८ वर्षीय कलु सार्र्कीसहित उहाँकी छोरीहरू १४ वर्षका तिर्खा र ११ वर्षका कमला तथा ६ वर्षका छोरा सुभास पनि वेपत्ता भएको प्रमुख प्रशासकिय अधिकृत सिंहले जानकारी दिनुभयो ।

कलु सार्की अर्थात दिदीको घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षका डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीय कविता सार्की र १८ वर्षका वीरेन्द्र सार्र्की वेपत्ता भएको सिंहले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी प्रमुख, डीएसपी किशोर श्रेष्ठले इलाका प्रहरी कार्यालय रामीडाँडा र अस्थायी प्रहरी चौकी लिम्साबाट प्रहरी टोली घटनास्थलतर्फ विहानै खटिएको र घटनास्थलमा पुगेको भए पनि सम्पर्क हुन नसकेको बताउनुभयो ।

सञ्चार सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत खवर आउन नससकेको उहाँको भनाइ छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP