Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

प्राकृतिक विपत्तिपछि स्वास्थ्य समस्या हुन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरको आग्रह

काठमाण्डाै – यो वर्ष पनि बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्ति सुरु भइसकेको छ । यस्ता विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।  विपत्तिपछि विभिन्न चरणमा विभिन्न स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन जनरल फिजिसियन डाक्टर युवराज शर्माले सुझाव दिनुभएको छ । 

डाक्टर शर्मा भन्नुहुन्छ, ‘विपत्तिसँगै तत्कालीन रुपमा शरीरमा चोटपटक लाग्ने, अंगभंग हुने, पानीमा डुबेको छ भने फोक्सोमा समस्या हुने जस्ता स्वास्थ्य समस्या देखिन्छ । यस्ता समस्याको तत्कालै उपचार गर्नुपर्ने हुन्छ । यस्तै दोस्रो चरणमा पानी, खाना वा हावाबाट सर्ने रोगको जोखिम हुन्छ । यस अन्तर्गत झाडापखाला, छालामा हुने इन्फेक्सन, जण्डिस, टाइफाइड, श्वासप्रश्वास सम्बन्धी लगायतका समस्याहरु हुन सक्छन् ।  विषेश गरी विपत्तिको बेला एकै ठाउँमा धेरै मानिसहरु गुम्सिएर बस्दा पनि यस्ता समस्याहरु देखिन सक्छ ।’

अहिले कोरोना महामारीको बेलामा त झनै यी कुराहरुमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ । यस्तै विपत्तिमा परेकाहरुको परिवारका सदस्य गुमेका हुन सक्छन् । घरखेत लगायतका धनसम्पत्तिको नोक्सानीसमेत हुने भएकाले दीर्घकालीन रुपमा मानसिक स्वास्थ्य समस्यासमेत देखिन सक्ने उहाँ बताउनुहुन्छ । 

यसमध्ये पनि पानीबाट सर्ने रोगहरु प्रकोप पछि सबैभन्दा धेरै देखिन्छन् ।  अघिल्ला  वर्षहरुको तथ्याँक हेर्ने हो भने सबैभन्दा बढी झाडापखालाको समस्या देखिने गरेको छ   । बाढी प्रभावित क्षेत्र वा प्रकोपपछि बनाइएका अस्थाई आवासमा कतिपयको ज्यान झाडापखालाको कारण जाने गरेको छ । 

जन्डिस गराउने हेपाटाइटिस ए र इ दुषित पानीबाट सर्ने गर्छ र केही  बिरामीहरुको यसले गर्दा पनि ज्यान जाने गरेको छ ।  दुषित पानी र खानाबाट टाईफाईड, रगतमासी आदि समस्या पनि हुन सक्छन्   । पानी वा खानेकुरा तयारी वा भण्डारणको बेलामा वा एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा पनि दुषित हुन सक्छन ।

प्रभावित ठाउँमा स्रोत साधनको कमी हुने र सरसफाइमा ध्यान पुर्याउन गार्हो हुने भएकाले पनि पानीबाट सर्ने रोगहरु बढी देखिने गर्छन  ।  

यस्ता रोगबाट बच्न र बचाउनका लागि प्रभावित ठाउँमा रोगको निदान र उपचारसँगै जनस्वास्थ्यका कार्यक्रमहरु पनि सँगै लैजानुपर्ने उहाँ बताउनुहुन्छ । प्रभावित ठाउँमा अस्थाई चर्पीको निर्माण गर्ने, शुद्ध खानेपानीको व्यवस्था गर्ने, अस्थाई बासस्थान वा घर वरपर सरसफाइमा ध्यान दिने, हात धुने कुरालाई थप जोड दिने र हात धुन चाहिने पानी, साबुन, जग र धारा उपलब्ध गराउने, कपडाहरु सफा राख्ने, वरपरका पानी जमेका खल्टाहरु पुर्ने, सम्भब भएसम्म झुल लगाउने वा पुरा शरीर ढाक्ने कपडा लगाउन उपाय अपनाउन सकेमा  विभिन्न स्वास्थ्य समस्याबाट धेरै हदसम्म जोगिन सकिने उहाँ बताउनुुहन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP