Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मोबाइल र इन्टरनेटबाट बच्चाहरुलाई सुरक्षित बनाउने उपाय

काठमाण्डाै – मोबाइल फोन र इन्टरनेट सबैभन्दा उपयोगी र राम्रो प्रविधि हो । यसले राम्रो पनि गर्छ, नराम्रो पनि । अहिले गुगल र यूट्युबमा नराम्रा कुराहरु पनि उत्तिकै पाइन्छन् । जुन हेर्दा बच्चाहरुलाई फाइदा हुँदैन ।

बच्चाहरुको हकमा कुरा गर्दा मोबाइल र इन्टरनेटलाई सुरक्षित बनाउन अथवा अझ इन्टरनेटबाट हुने राम्रा कुराहरुको ज्ञान लिनका लागि सबैभन्दा पहिले इन्टरनेटबाट हुने खराब कुराहरुबारे अभिभावकले ख्याल गर्नुपर्छ । खराब कुराहरु थाहा पाइसकेपछि बच्चाहरुसँग कुरा गर्ने इन्टरनेट र मोबाइल फोन चलाउँदा कसरी सुरक्षित रहन सकिन्छ भन्नेबारे जानकारी गराउनुपर्छ । 

बच्चाहरुको लागि अलग्गै साइट

गुगलले बच्चाहरुको लागि अलग्गै साइट बनाइदिएको छ । ‘किडल डट सिओ’मा सर्च गर्यो भने बच्चाहरुलाई काम लाग्ने रमाइला र ज्ञानवद्र्धक कुराहरु सहजै  पाउन सकिन्छ ।

त्यस्तै यूट्युब प्रयोग गर्ने बेलामा पनि ‘यूट्युब फर किड्स’ नामको साइट हेर्न सकिन्छ । यसमा बच्चाका लागि कार्टुन, कथा र रमाइला सिनेमाहरु राखिएको छ । 

अरु शिक्षावद्र्धक रमाइला र बच्चाहरुलाई मिल्नेखालका साइटहरु के के छन् भन्ने कुराहरु पनि बच्चालाई सिकाउँदा राम्रो हुन्छ ।  बच्चालाई यो नगर्नु, त्यो नगर्नु भन्दा पनि के गर्दा राम्रो हुन्छ ? भन्ने कुराहरु आफूले पनि जान्ने र बच्चाहरुलाई पनि सिकाउने गर्नुपर्छ ।  सुरक्षित इन्टरनेट प्रयोग गर्दा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा बच्चाहरुलाई जानकारी गराउनुपर्छ । 

बच्चालाई यसो गर्नुहोस्

१३ वर्षभन्दा मुनिका बालबालिकाले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर त चलाउन हुँदैन । अभिभावककै अकाउण्टबाट पनि बच्चाहरुलाई फेसबुक चलाउन दिनुहुँदैन । 

अभिभावकहरुले पनि बच्चाहरुसँग बसेर के कस्तो गरिरहेका छन् भनी हेर्ने, बच्चाहरुले गरेको कुराकानीमा छलफल गर्ने गर्दा बच्चाहरु खुसी हुन्छन् । साथै, उनीहरुको हौसला पनि बढ्छ । र, अभिभावकलाई पनि बच्चाहरुले गरेको कुरा थाहा हुन्छ । 

तर, अलि ठूला उमेरका बच्चाहरुको विषयमा भने उनीहरु के गर्छन्, कसो गर्छन् भनेर सबै जासुसी गर्ने खालको व्यवहार गर्नु हुँदैन । उनीहरुको पनि आफ्नो गोपनियता हुन्छ । यस्तो कुराहरु उनीहरुले मन पराउँदैनन् । तर, के गर्छन् भन्ने कुराको सामान्य जानकारी राख्नैपर्छ।

​अभिभावकले इन्टरनेट चलाउने, मोबाइल चलाउने मात्र नभएर अरु बच्चाहरुसँग समय बिताउने गर्नुपर्छ । अफलाइनमा समय बिताउने अथवा इन्टरनेट, मोबाइल नचलाइकन बिताउने समयको बारेमा पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ ।  जस्तै बच्चाहरुसँग बसेर घरको काम गर्ने, रमाइलो गर्ने, घर सफा गर्ने यसमा सानो बच्चाहरुले पनि सहयोग गर्न सक्छन् ।

कसैले खाना पकाउने,  कसैले बारीमा काम गर्दै बोटबिरुवामा पनि राख्दै पनि बच्चाहरुसँग समय बिताउन सकिन्छ ।  यतिमात्र हैन बच्चाहरुसँग खेल्ने धेरै बाटाहरु छन् । काममा बच्चाको मन लागेन भने उनीहरुसँग खेलेर, संगीतमा अथवा चित्रकला बनाउने, कथा भन्ने गर्यो भने मोबाइलभन्दा पनि अन्त रमाइलो संसार छ है भन्ने बच्चाहरुले थाहा पाउँछन्, र बच्चाहरुसँगको सम्बन्ध राम्रो पनि हुन्छ ।

 त्यसैले, अभिभावकहरुले बच्चाहरुसँग सकेसम्म धेरै समय बिताउने गर्नुपर्छ । अनलाइनमा मात्र हैन, अफलाइनमा पनि । अभिभावक आफैंले पनि कम मोबाइल चलाउनुपर्छ ।

अभिभावकले बच्चाहरुको अगाडि जे देखायो, जे गर्यो बच्चाहरुले त्यही सिक्ने हो । अभिभावकहरुको राम्रो बानी व्यवहार छ भने बच्चाहरुले पनि त्यही सिक्ने भएकाले बच्चाहरुको अगाडि बस्दा इन्टरनेट धेरै नचलाउने र उनीहरुसँग समय बिताउने गर्नुपर्छ ।  

बलियो पासवर्ड राखौँ

अभिभावक वा बालबालिका सबैले आफ्नो सामाजिक सञ्जालको पासवर्डलाई एकदमै बलियो र सुरक्षित रुपमा राख्नुपर्ने हुन्छ । पासवर्ड कसैलाई पनि दिनु हुँदैन । साना बच्चाहरु छन भने त अभिभावकलाई दिँदा हुन्छ तर, अलि ठूला बच्चाहरु छन् भने अभिभावक र साथीहरुलाई पनि  दिनु हुँदैन  । 

अर्को कुरा पासवर्ड राख्ने बेला कस्तो राख्ने भन्नेबारे अभिभावकले पनि जान्न आवश्यक छ । सुरक्षित पासवर्डको लागि कमसेकम आठवटा संख्या अथवा अंक अक्षर र सिम्बोल राखेर बनाउनुपर्ने हुन्छ । यी सबै कुरा मिलाएर राखेको पासवर्ड अरुले पत्ता लगाउन सक्दैन । र, यो पासवर्ड एउटामा राखेको अर्कोमा राख्न हुँदैन । फरक फरक राख्नुपर्छ । र बेलाबेलामा फेर्नुपर्छ । 

अर्को कुरा अरुलाई आफ्नो घरको ठेगाना, इमेल, निजी फोटो, भिडियो नचिनेको मान्छेलाई सार्वजनिक रुपमा भन्नु पनि हुँदैन । अभिभावकहरुले पनि बच्चाहरुको फोटो भिडियो राख्नु हुँदैन । यसमा अभिभावक पनि चनाखो हुनुपर्ने हुन्छ ।

बालबालिकाले पनि ध्यान दिनुपर्छ । नचिनेको मान्छेलाई फ्रेन्ड रिक्वएस्ट नपठाउने र एसेप्ट नगर्ने गर्नुपर्छ । म्यासेज पनि नगर्ने, किन भन्दा इन्टरनेटमा सबै राम्रो मान्छे मात्र हुन्छन भन्ने हुँदैन । नराम्रो मान्छे पनि हुन सक्छन् । इन्टरनेटमा नचिनेको मान्छेले अथवा चिनेको मान्छेले पनि दुव्र्यवहार गरेको पाइन्छ । कसैले शंकास्पद कुरा गर्यो भने बच्चाहरुले अभिभावकहरुको भन्नुपर्छ । कसैले मलाई फोटो पठाउ भन्यो अथवा कसैले पैसा दिन्छु मलाई यस्तो यस्तो गर भन्यो भने अभिभावकसँग भन्नुपर्छ । 

अभिभावकहरुले पनि यो विषयमा छलफल गर्नुपर्छ । आफूले सक्ने कुरा आफैंले नभए सहयोगको लागि कहाँबाट सकिन्छ त्यहाँ सम्पर्क राखेर सुरक्षाको लागि ध्यान दिनुपर्छ ।

लामो समय मोबाइल दिन हुँदैन

पहिलो कुरा त एक, दुई वर्ष मुनिका बच्चालाई मोबाइल, यूट्युब देखाउनु हुँदैन । यसले उनीहरुमा नकरात्मक असर पर्छ । जसले गर्दा बच्चाहरुले आफूले सिक्नुपर्ने, गर्नुपर्ने कुरा सिक्न पाउँदैनन् । साथै  उनीहरुलाई मोबाइलको लत पनि पर्न सक्छ ।  

अर्को कुरा, मोबाइलबाट आउने उज्यालोले आँखामा असर पार्छ । ठूला बच्चाहरुको लागि दिनमा पटक पटक गरेर सकेसम्म  दिनमा एक या दुई घण्टा मोबाइल  हेर्न दिनुपर्छ  । लगातार तीन चार घण्टा हेर्यो भने निकै गाह्रो हुन्छ ।

सकेसम्म सानो स्क्रिन भएको मोबाइल वा ट्याब्लेटमा भन्दा ठूलो स्क्रिनमा हेर्ने गर्यो भने आँखालाई पनि असर पर्दैन । पढ्नकै लागि या होमवर्क नै गराउनुपर्यो भने पनि सानो स्क्रिनमा गाह्रो हुन्छ । बच्चाहरुको लागि दिनमा यति घण्टा मोबाइल इन्टरनेटमा बस्नुपर्छ भन्ने हुँदैन । तर पटक पटक गरेर दिनमा बढीमा चार घण्टा मोबाइल हेर्दा राम्रो हुन्छ ।

(चाइल्ड सेफ नेटका अध्यक्ष रघुवंशीसँगको कुराकानीमा आधारित)
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP