Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

वर्षाले ठाउँठाउँमा सडक अवरुद्ध

काठमाण्डाै – लगातारको वर्षाले ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका  २ कमेरेफाँटमा आज बिहान ५ बजे पहिरो जाँदा यो सडकखण्डमा गाडी चल्न सकेका छैनन् ।

यस्तै कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ । गुराँस गाउँपालिका वडा नम्बर १ मा पनि आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । यस्तै ठाउँठाउँमा पहिरो खस्दा म्याग्दिको बेनी जोमसोम सडकखण्ड पनि अवरुद्ध छ ।

यस्तै पहिरोका कारण अवरुद्ध काठमाण्डौ सिस्नेरी हुँदै मकवानपुर जाने सडकखण्ड अझै सञ्चालमा आएको छैन । ३ दिनअघि इन्द्रसरोवर गाउँपालिका ३ र ज्यामिरेमा  ठूलो पहिरो खस्दा अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन नसकेको हो । अस्तिदेखि यो सडकखण्ड अवरुद्ध भएको हो । खुलाउने प्रयास भइरहे पनि कति समय लाग्छ भन्न सकिने अवस्था नभएको प्रहरीले जनाएको छ ।

यस्तै काठमाण्डौ फाखेल हुँदै हेटौँडा जाने बाटो पनि अवरुद्ध  नै छ । यहाँ पनि विभिन्न ठाउँमा पहिरो गएकाले अस्ति बिहीबारदेखि गाडी चल्न सकेका छैनन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP