Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

बझाङ जिल्लाका २९ हजार विद्यार्थीलाई घरघरमै पौष्टिक आहार वितरण

बझाङ – बझाङ जिल्लाका २९ हजार एक सय विद्यार्थीहरुलाई  पौष्टिक आहार वितरण गरिएको छ ।

सामाजिक दूरीलाई मध्यनजर गर्दै विश्व खाद्य कार्यक्रमले जिल्लाका १२ वटै पालिकामा रहेका विद्यार्थीहरुलाई पौष्टिक आहार घरघरमा नै उपलब्ध गराएको हो ।

शुक्रबार मात्रै जिल्लाको जयपृथ्वी नगरपालिका–५, माझेशैनको भैरव आधारभूत विद्यालयमा अध्ययनरत १ सय ३ जना बालबालिकाहरुलाई आहार वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक मदनराज उपाध्यायले बताउनुभयो । 

यू.एस.डी.ए.को सहयोग, विश्व खाद्य कार्यक्रम तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षाका लागि खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालित विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत रहेर पौष्टिक आहार वितरण गरेको हो ।

तीन महिनासम्मको बन्दाबन्दीका कारण विद्यालय जान नपाउँदा पौष्टिक आहार नपाएपछि घरमै गएर आहार वितरण गरिएको यस कार्यक्रमका सुदूरपश्चिम प्रदेशका फिल्ड अधिकृत राजेन्द्र रसाइलीले बताउनुभयो ।

२०५७ सालदेखि बझाङ जिल्लामा लागू भएको यस कार्यक्रममार्फत अहिलेसम्म जिल्लाभर  १ हजार ७ सय ४६ क्विन्टल चामल, ४ सय ३६ क्विन्टल दाल र  १४ हजार ५ सय ५० लिटर तेल वितरण गरिएको रसाइलीले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP