Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सङ्खुवासभा : पहिरोमा फसेकाकाे उद्धार गर्ने क्रममा एक जनाको ज्यान गयाे

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ काे बेसिन्दा गाउँमा शनिबारदेखि परेको अविरल वर्षापछि गएको पहिरोमा परेकाहरुको उद्धार गर्ने क्रममा एक जनाको ज्यान गएकाे छ ।

पहिरोमा बेपत्ता भएकाकाे खाेजी र उद्धार गर्ने क्रममा दमका रोगीसमेत रहेका स्थानीय मदन राईको हृदयघातकाे कारण ज्यान गएकाे हो । 

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले घटनाबारे जानकारी दिनुभएको हो । बेपत्ता हुनेहरुमा राममान कुलुङ, हस्तकुुमारी कुलुङ, नम्रता कुलुङ, एन्जिला कुलुङ (गर्भवती), नम्रता कुुलुङ, बिनिला कुलुङ, गोरीमाया कुलुङ, उत्तरकुमारी कुलुङ, जुद्धबहादुर (माने) कुलुङ, धनशंकर (मलमराइ), आइतजिन (मारिम) कुलुङ र नजमाया कुलुङ रहेकाे डीएसपी मल्लले बताउनुभयो । 

उहाँका अनुसार स्थानीयको पहलमा गेदासिंह कुलुङ, भीमसरी राई, फुलमायाँ राई र भीमबहादुर कुलुङ गरी चार जनाको उद्धार गरिएकाे छ । पहिरोमा परेर सिलिचोङ गाउँपालिका १ बेसिन्दा गाउँका गेदासिंह कुलुङ, जुद्धबहादुर कुलुङको तीन जनाको परिवार, सन्दीप कुलुङको दुई जनाको परिवार, रामधन कुलुङ र भीमबहादुर कुलुङकाे घर बगाएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताउनुभयो । 

पहिराेका कारण चेप्चेवा स्वास्थ्य चौकी भवनमा क्षति पुगेको छ भने चटेक्मा हाइड्रोपावर हाउसमा समेत क्षति पुगेको जनाएको छ । उद्धारकाे लागि ताम्कु र सिसुवाटारमा रहेको प्रहरी चौकीबाट नेपाल प्रहरी र ताम्कुमा रहेको नेपाली सेनाको टोली घटनास्थलतर्फ गइसकेकाे छ । थप जनशक्तिकाे लागि सदरमुकाम खाँदबारीबाट नेपाल प्रहरी १५, सशस्त्र प्रहरी बल १५ र नेपाली सेनाका ३० जना गरी ६० जनाको टोली पनि गइसकेकाे जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । 

सिलिचोङ गाउँपालिकाको सिकदिममा एक दशकअघि गएको पहिरोले तीन जनाको ज्यान गएकाे थियाे भने ११ जना बेपत्ता भएका थिए ।

पानी नरोकिँदा खोजी कार्यमा समस्या

शनिबार रातिदेखि परेको अविरल वर्षा अझैसम्म रोकिएको छैन । निरन्तर वर्षाको कारण खोजी, उद्धार कार्य र आवात जावतमा समस्या भएको प्रहरीले जनाएको छ ।

अरुणपारिको गाउँपालिका भनेर चिनिने सिलिचोङ गाउँपालिका दुर्गम ठाउँमा रहेको छ । पानी पर्ने क्रम नरोकिएकाे, बीच बाटोमा स-साना पहिरो झरेकोले उद्धारकाे लागि गएको टोलीलाई सिलिचोङतर्फ जान पुग्न समस्या भएको सङ्खुवासभाका सहायक प्रजिअ घिमिरेले बताउनुभयो ।

विभिन्न ठाउँमा पहिरोले क्षति 

अविरल वर्षाकाे कारण सङ्खुवासभाकाे विभिन्न ठाउँ पहिरोले क्षति पुर्‍याएकाे छ । खाँदबारी नगरपालिका १ काे देवकोटा चौकदेखि सातकुवा जाने सडकमा दुई सय मिटरभन्दा माथिबाट पहिरो झरेकाले सडक अवरुद्ध भएको छ । पहिराे खस्दा केही घर जोखिममा परेका छन् भने केही सुरक्षित स्थानतर्फ गएका छन् । 

खाँदबारी १ ढोलबाजेको सडकमाथिबाट पहिरो झरेकाेले आवात जावातमा समस्या भएको छ । विभिन्न ठाउँमा गएको पहिरो र क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP