Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मलेसियाबाट पहिलो चरणमा ३३ सय २२ नेपाली स्वदेश फर्किए, दोस्रो चरणको उडान तालिका सार्वजनिक

काठमाण्डौ – कोरोनाको कारण मलेसियामा समस्यामा परेका ३३ सय २२ जना नेपाली स्वदेश फर्किएका छन् ।

सरकारले विदेशमा समस्यमा परेका र स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फिर्तीको प्रक्रिया सुरु गरेपछि २१ उडानमार्फत ३३ सय २२ जना फर्किएका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । पहिलो चरणमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने उडानहरु सकिएको पनि दूतावासले जनाएको छ ।

यो अवधिमा मलेसियाबाहेक इण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङ्कङ, भियतनाम, सिंगापुर, ताइवान र स्पेनमा रहेका नेपालीसमेत फर्किएका दूतावासले जनाएको छ । फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली आज हिमालय एयरलाइन्सको जहाजमार्फत स्वदेश आएका छन् ।

यो अवधिमा मलेसियाका विभिन्न जेल डिटिन्सन केन्द्रहरुमा रहेका ६९ जना नेपालीसमेत स्वदेश फर्किएका छन् । मलेसियामा ३९ वटा शवसमेत नेपाल ल्याइएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा त्यहाँ ज्यान गुमाएका नेपालीको शवसमेत उतै रोकिएको थियो ।

सरकारले भोलि र पर्सि दुई दिन नेपालीको स्वदेश फिर्तीेका लागि हुने चार्टर्ड उडान रोक्ने भएको छ । जुलाई १५ देखि २१ सम्म फेरि स्वदेश फिर्तीका लागि चार्टर्ड उडानहरु हुनेछन् । २१ पछि भने नयाँ तरिकाले उडान गर्ने गरी छलफल भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मलेसियाबाट दोस्रो चरणमा तीन उडान तालिका तय भएको छ । जुलाई १९ मा हिमालय एअरलाइन्स, मलिण्डो एअर र नेपाल एअरलाइन्सका जहाजले क्लालाम्पुरबाट काठमाण्डौ उडान भर्नेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP