Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कोरोनाले नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षतिः राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ले नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । कोरोनाको सबैभन्दा बढी प्रभाव होटल, रेष्टुरेन्ट, यातायात, व्यापार क्षेत्रमा परेको छ ।

नेपाल राष्ट्र बैंकले प्रतिधिसभा अन्तर्गतको अर्थ समितिमा प्रस्तुत गरेको देशको समष्टिगत परिदृष्यमा नेपाली अर्थतन्त्रमा भएको नोक्सानका विषयमा उल्लेख गरिएको छ । समितिको सोमबारको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले यसअघि आंकलन गरेको २.२७ प्रतिशतको आर्थिक बृद्धि त्यो भन्दा पनि तल झर्न सक्ने बताउनुभयो ।

कोरोनाभाइरसको कारण विश्व अर्थतन्त्रनै प्रभावित छ । विश्व अर्थतन्त्र ४.९ प्रतिशतले संकुचन आउने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको थियो भने आइएमएफकै पछिल्लो प्रक्षेपणले नेपालको आर्थिक वृद्धिदर १ प्रतिशत रहने अनुमान गरेको छ ।

नेपालमा कोरोनाका कारण चैत ११ देखि गरिएको लकडाउनका कारण सम्पूर्ण आर्थिक क्षेत्र प्रभावित बनेको छ । असार १ गतेदेखि भने देश आंशिक लकडाउनमा रहेको छ ।

यता लकडाउनमा कर्जा भन्दा निक्षेप ज्यादा संकलन हुँदा बैंकमा अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । चैतदेखि जेठ सम्मको तीन महिनाको अवधिमा १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह १६ अर्ब रुपैयाँ भएको छ ।

अहिले बैकिङ सिस्टममा १ खर्ब ६६ अर्ब २ करोड रुपैयाँ अधिक तरलता छ । यो असार २६ गतेसम्मको स्थिति हो । बाणिज्य बैंकको अन्तर कारोबारदर ०.५ प्रतिशत रहेको छ । तर कोरोनाकै व्यापारमा आएको संकुचनले ब्यापार घाटा न्युन भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP