Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा

काठमाडौं । लगातारको वर्षापछि खसकेको पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत छुट्टाछुट्टै स्थानमा खसेको साना–ठूला पहिरो हटाएपछि सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

सेती दोभान, पन्ध्र किलो, सत्र किलो, गाईघाट, चार किलो लगायतका स्थानमा ठूला पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । यसका साथै, अन्य ६ स्थानमा गएको साना पहिरोहरु हटाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

यस्तै, बिहान सत्र किलोमा १.५ फिट पिच सडक त्रिशूली नदीतिरको भागमा भासिएकोले एकतर्फी रुपमा मात्रै सडक सञ्चालन भएको थियो । प्रहरीले उक्त स्थानमा पनि सडक मर्मत भएको र सवारी आवागमन सुचारु भएको जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP