Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

प्रदेश एकमा कोरोना जितेर एकै दिन ३३ जना घर फर्किए

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि मोरङ सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आइसोलेसनमा उपचाररत ३३ जना निको भएर सोमबार घर फर्केका छन् ।

सङ्क्रमणपछि अस्पतालमा भर्ना भएर उपचाररत १८ देखि ५६ वर्ष उमेर समूहका उनीहरूमा पछिल्लो दोस्रो पीसीआर परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरूमा मोरङका पाँच जना, झापाका २० जना, सुनसरी दुइ जना, ताप्लेजुङका एक जना, सङ्खुवासभाका तीन जना र खोटााङका दुइ जना छन् । उनीहरूको डिस्चार्जपछि अस्पतालमा ४२ जना उपचाररत बाँकी रहेको पीयू मेडिकल कलेजका डिन डा. शैलेशमणी पोखरेलले जानकारी दिनुभएको छ ।

पीयू कोभिड–१९ उपचार केन्द्रबाट मात्रै हालसम्म २२७ जना डिस्चार्ज भइसकेका छन् । त्यहाँ भर्ना गरिएकामध्ये हालसम्म छ जनालाई बीपी प्रतिष्ठान धरान र कोशीको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा रेफर गरिएको थियो । रेफर गरिएकाहरू समेत उपचारपछि घर फर्किसकेका छन् । गोठगाउँमा हालसम्म २७५ जना भर्ना भइसकेका छन् ।

प्रदेश १ मा जम्मा सङ्क्रमित ७२४ जनामध्ये उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या ६०४ जना पुगेको हो । प्रदेश १ अन्तर्गतका विभिन्न अस्पतालमा अब १२० जना सङ्क्रमित उपचाररत रहेका छन् । प्रदेश १ मा सङ्क्रमणपछि निको भएर घर फर्कने ८३.४२ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP