Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

शिवराज नगरपालिकामा १ सय २८ मध्ये १०३ मुद्धा किनारा

राम अवतार चौधरी

कपिलवस्तु,

कपिलवस्तुको शिवराज नगरपालिकाको न्यायिक समितिले आर्थिक बर्ष २०७६÷०७७ मा परेका ७७ वटा मुद्धा मध्ये ५२ वटा मुद्धा फछ्यौट भएको छ । न्यायिक समितिमा परेका विभिन्न उजुरीहरु मध्ये गत आर्थिक बर्षमा विवादित पक्ष संग छलफल गरी मुद्धा फछ्यौट गरिएको हो ।

आर्थिक बर्ष २०७५–०७६मा किनारा लाग्न बाँकी ५१ वटा मुद्दा र गत आर्थिक बर्ष ०७६–०७७ को ५३ वटा मुद्दा गरि १०३ वटा मुद्व किनारा लागेको छ । लामो समयदेखि विवादमा रहँदै आएको ०७५–०७६ को ५१ वटा मुद्दा गत बर्ष मिलाउन सफल भएको थारुले बताउनुभयो ।

न्यायिक समितिमा गत बर्ष जम्मा ७७ वटा मुद्धा परेकोमा ५२ वटा मुद्धा किनारा लागेको न्यायिक समिति संयोजक नगर उप–प्रमुख शिवकुमारी थारुले बताउनुभयो । आइतबार आफ्नै कार्यकक्षमा नियमित कार्यक्रम अन्तर्गत पत्रकारसँगको भेटमा उप–प्रमुख थारुले सो जानकारी दिनुभयो ।

गत आर्थिक बर्षमा इज्जत आमद अनुसार खान लाउन नदिएको १८ वटा मुद्धा, नावालक छोरा–छोराको पालन पोषण तथा शिक्षा दिक्षा १, बाटो निकास सम्बन्धि ५, घर जग्गा सम्बन्धि २७, गाली बेइज्जती ४, ज्याली मजदुरी ४, कुलो पानी–नाली निकासा सम्बन्धि ७, ज्येष्ठ नागरिक पालन पोषण सम्बन्धि २ र अन्य ९ गरि ७७ वटा मुद्धा परेको थारुले बताउनुभयो ।

जनतामा न्यायिक समिति प्रति विश्वास जागेकोले अड्डा अदालत नगई न्यायिक समितिमा उजुरी दिन आएको उप–प्रमुख थारुले जिकिर गर्नुभयो । १ सय २८ वटा मुद्धा मध्ये चालु अवस्थामा २५ वटा मुद्धा रहेको र ती मुद्धा पनि छिट्टै किनारा लाग्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP