Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कुटनीतिक कौशलता देखाउन ओली असफल भएको आरोप, तटस्थता बचाउन सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तहबाट देखाउनुपर्ने कूटनीतिक कौशलता देखाउन नसक्दा छिमेकी मुलुकसँगको सम्बन्ध विग्रिएको भएको बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा भएको व्यक्तिका कसैलाई काखा र कसैलाई पाखा राख्ने व्यवहार र अभिव्यक्तिले नेपाल कुटनीतिक मामिलामा कम्जोर भएको तर्क गर्नुभयो । ‘अयोध्या भारतको नभई नेपालको हो’ भनेर प्रधानमन्त्री ओलीलेदिएको अभिव्यक्तिप्रति लक्षितगर्दै उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीका धेरै अभिव्यक्तिहरु विवादित भइरहेका छन् । यसले कतिपय अवस्थामा कुटनीतिक हद पनि पार गरेको छ । हाम्रो संस्कृतिको खोजि गर्न आवश्यक छ । हाम्रा प्राचिन महत्वका विषयमा वार्ता गर्नुपर्छ । प्रधानमन्त्रीले सोचेर बोल्नुपर्छ । उहाँमा कूटनीतिक कौशलता कम्जोर देखिएको छ । प्रधानमन्त्रीले आफ्नो देशको तटस्थता बचाएर राख्नुपर्छ ।’

दुइतिहाई बहुमतका साथ सरकारको नेतृत्व गरिरहेको पार्टीको प्रधानमन्त्रीले प्रमाण विहिन कुरा गर्दा त्यसले देशलाई दिर्घकालिन असर पार्ने उहाँको भनाई छ । पौडेलले एउटा छिमेकीलाई काखि च्याप्ने र अर्को छिमेकीलाई नानाथरी भन्ने ओलीको रणनीति गलत भएको दावी गर्दै सीमा सडकदेखि लिम्पियाधुरासम्मको नक्साको विषयमा भारतसंँगको वार्ता अगाडी बढाउनुपर्ने र कागजमा कोरेर मात्र नहुने बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै वरिष्ठ नेता उहाँले प्रधानमन्त्रीले ठोस काम गर्नुपर्नेमा हल्ला गर्ने काम मात्रै भएको टिप्पणी गर्नुभयो । बरिष्ठ नेता पौडेलले पार्टीको आन्तरिक विवादमा चीनलाई प्रवेश गराउनु गलत भएको भन्दै यस्ता महत्वपूर्ण विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको भनाई राख्नुभयो ।

कोरोनाले प्रभावित बनाईरहेको समयमा बाढी पहिरोलागयतका अन्य विपत्तिहरु पनि आइपरेको भन्दै पौडेलले विशेष प्याकेजसहितको राहत घोषणा केन्द्रीय सरकारले नै गर्नुपर्ने बताउनुभयो । उहाँले देशभरीनै बाढी पहिरो आएकाले स्थानीय जनप्रतिनिधिले मात्रै काम गर्न नसक्ने भएकाले केन्द्रीय सरकारले पर्याप्त स्रोत साधनको व्यवस्था गरिदिनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP