Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नगरपालिकाकाे ८५% अनुदानमा पम्पसेट वितरण

कृष्णनगर,
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरक्षेत्रका कुल १७ वटा सहकारी र कृषक समुहलाई ८५% अनुदानमा पम्पसेट वितरण गरेको छ।
नगरपालिकाको आर्थिक बर्ष ०७६/०७७ को साना सिचाई अन्तर्गत को बजेट बाट २०७६ पुष १२ गते सूचना जारी भई उपभोक्ता समूह मार्फत खरिद गरिएको ८५ प्रतिशत नगरपालिका को अनुदान र १५ प्रतिशत कृषक समूह तथा सहकारीको लगानीमा पम्पसेट १ गाेटा, ३८ किलो डिलीवरी पाइप, २५ फुट सेक्सन पाइप वितरण गरिएको जानकारी कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरीले दिनुभएकाे छ ।
प्रत्येक वडाका कुल १७ वटा कृषक समूह तथा सहकारीलाई पम्पसेट वितरण गरि सिंचाईका समस्या निर्मुल गर्न खाेजेकाे प्रयास सरहनिय रहेकाे कृष्णनगर नगरपालिका कृषि शाखा अधिकृत सुदिप प्रताप मौर्यले जानकारी दिए ।

नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषकमैत्री नगर बनाउन तथा बिउविजन,सिचाईमा सजिलोका लागि यस्ता कार्यक्रम हरु लाभदायी हुने नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो । नगरभित्रकाे युवा कृषकहरु लक्षित विभिन्न याेजना नगरपालिकाले ल्याउदै गरेकाे छ जसले काेविड-१९ का कारण अाएकाे वेराजगारीकाे डाटा घटाउन सफल भइएकाे नगरप्रमुख शाहकाे भनाई छ। नगरपालिकाले यस अार्थिक बर्षमा धानको बिऊ, तरकारी को बिऊ, स्प्रे ट्यङकी, फलफूल विरूवा र किटनाषक विषादी वितरण लगायत प्रत्यक्ष फाईदा पुग्नेगरि कार्यक्रम समपन्न गरिसकेकाे कृषि शाखाका राजेश मिश्रले बताउनुभएको छ ।
कृषि संयन्त्र वितरण कार्यक्रममा उपप्रमुख शबनम खातुन, प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाॅगी लगायत वडा अध्यक्ष हरुको उपस्थित थियाे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP