Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विजयनगरमा फेला परेका १ सय ४० वर्ष पुराना पैसा कपिलवस्तु सङ्ग्रहालयलाई हस्तान्तरण

राम प्रघट कोरी

– विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकामा फेला परेका १ सय ४० वर्ष पुराना सिक्का पैसा कपिलवस्तु सङ्ग्राहलय तिलौराकोटलाई हस्तान्तरण गरिएको छ । मंगलवार कपिलवस्तु सङ्ग्रहालय तिलौराकोटका कर्मचारी शंकर धिताललाई इलाका प्रहरी कार्यालय गणेशपुरले हस्तान्तरण गरेको हो ।

गाउँपालिकाको वडा नं. ७ ढोढरी गाउँदेखि मानपुर जाने बाटो स्तरउन्नतिका लागि जेसीबीले खन्ने क्रममा माटोको भुडकीमा राखिएको ५२ थान चाँदीका मुद्रा र एक थान सुनको जस्तो देखिने पहेँलो धातुको मुद्रा सङ्ग्रहालयलाई बुझाइएको प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभएको छ । उक्त सिक्का पैसा गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा र प्रहरी निरिक्षक मधु नेपालको संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

ती सिक्काहरु सन् १८६० तिरका भारतमा ब्रिटिस शासन रहँदाको बेलाको भएको बताइएको छ । गएको जेष्ठ २० गते बाटो खन्ने क्रममा स्थानीय ढोढरी निवासी सन्त कुमार कुर्मी (लालमन)को जग्गामा पैसा फेला परेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP