Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

बाढी र पहिरोबाट सिन्धुपाल्चोकमा ६७ र लमजुङमा १४० घरका परिवार विस्थापित

काठमाडौँ । केहि दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी लमजुङमा १४० घरपरिवारका ५ सय जना र सिन्धुपाल्चोकमा ६७ घरपरिवारका सदस्यहरु विस्थापित भएका छन् । सिन्धुपाल्चोकका प्रहरी प्रमुख (एसपी) प्रज्वल महर्जनका अनुसार भौगोलिक विकटताका कारण बाढी र पहिरोमा परेकाहरुको उद्धारमा अझै कठिनाई भएको छ ।

अहिले सम्म हराइरहेका २२ जना नभेटिएको र उद्धारमा गम्भिर भएर लाग्दा पनि भौगोलिक अवस्था कठिन भएकाले हराएकाहरुलाई भोटेकोशीले बगाइसकेको अनुमान गरिएको महर्जनको भनाई छ । उहाँले नदिको तटीय क्षेत्रहरुमा पनि खोजिभइरहेको र बाह्रबिसे सम्म सडक खुलेको भन्दै भोटेकोशी क्षेत्रमा हेलिकोप्टरबाट राहत वितरण भइरहेको नेपाली रेडियो नेटवर्कलाई बताउनुभयो ।

उता, लमजुङमा पनि १४० घरका ५ सय हाराहारीलाई सुरक्षित स्थानमा सारिएको छ । लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले नेपाली रेडियो नेटवर्कलाई दिएको जानकारी अनुसार अहिले पनि घरको तलबाट र माथिबाट पहिरो जाने खतरा रहेकाले ५ सय हाराहारीलाई अन्यत्र सारिएको हो ।

राहतमा अहिले कुनै समस्या नभएको र उद्धारमा बिशेष ध्यान दिएको भन्दै शर्माले पुनःस्थापनको लागि दिर्घकालिन योजना चाहिने भएकाले अहिले जाखिममा रहेकाहरुलाई सुरक्षित ठाउँमा पुर्याउने काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP