Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

‘भारतसँग नेपालको सम्बन्ध अब फ्रिज भयो, ओलीको कार्यकालमा सुध्रदैन’

काठमाडौँ । प्रधानमन्त्रीको तहबाट आएका तथ्यहिन अभिव्यक्तिहरुले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै गम्भिर मोडमा पुगेको विज्ञहरुले बताएका छन् ।

लिम्पियाधुरालाई समेत समेटेर नक्सा जारी गर्दा प्रधामन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिले चिसिदै गएको नेपाल भारत सम्बन्ध अब फ्रिजको अवस्थामा पुगेको र यो सरकारकोले अव सुधार्नै नसक्ने उनिहरुको भनाई छ ।

नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रधानमन्त्रीको तहबाट ओलीले धेरै पहिले उठेर लामो समय समय विवाद भएर मिलिसकेको विषयलाई फेरी बल्झाएकाले नेपाल—भारतबिच चिसिदै गएको सम्बन्ध अब पुर्ण रुपमा जमेर फ्रिज भएको बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै खड्काले प्रधामन्त्रीका भनाइहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभाव पार्ने भएकाले मनलाग्दी नबोल्न सुझाव दिनुभयो ।

अहिले नयाँ नक्सा जारीपछि भारतसँग वार्ताको वातावरण मिलाउनुपर्नेमा ओलीले उल्टै कहिले मलाई भारतले हटाउन लाग्यो भन्ने कहिले नेपालको अयोध्यामा जन्मिएका रामलाई आफ्नो भनेर भारतले सांस्कृतिक आक्रमण गर्यो भन्ने गर्नु गलत भएको खड्काको भनाई छ ।

उहाँले ओलीसँग यसको प्रमाण भए आन्तरिक छलफल गरेर अरु कसै मार्फत सार्वजनिक बहसमा ल्याउनु उपयुक्त हुने, तर आफै बोल्नु ठिक नभएको धारणा राख्नुभयो ।

देश र जनताका लागि केही गर्न र आफैले जारी गरेको नयाँ नक्साका विषयमा भारतसँग कुरागर्ने आँट नभएपछि भारत र नेपालको सम्बन्ध विगार्न ओलीले नानाथरि तथ्यहिन विषय उठाएको भन्दै खड्काले सन् १९९० तिर चन्द्र शेखर भारतको प्रधानमन्त्री भएको समयमा उठेर मथ्थरहुदँै आएको अयोध्याको विवादलाई विज्ञहरुले टुंग्याएरनै त्यहाँ मन्दिर बनाउन लगाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ऐतिहासिक तथ्य नभएको विषयमा प्रधानमन्त्रीले बोल्नु राम्रो हैन । हामीले प्रमाण जुटाउन कठिन छ । यदी केही प्रमाण छ भने प्रधानमन्त्रीको तहबाट नभएर कर्मचारी वा हिन्दुधर्म गुरुहरुलाई बोल्न लगाउनुपथ्र्यो । ठोरीमा पनि लवकुशको मन्दिर छ तर, पहिले प्रमाण जुटाएर बहस गर्नुपर्ने थियो । ओलीको यो भनाइले हिन्दु सभ्यतामा असर पार्छ ।’

राम नेपालमा जन्मिएको तथ्य भए शुरुमा सरकार र कमसेकम आफ्नो दलभित्र छलफल गर्नुपर्ने उहाँको भनाई छ । “भोली इण्डोनेसियाले पनि राम नेपाल र भारतको हैन हाम्रो हो भन्यो भने के हुन्छ । वानर राजा बली इण्डोनेशियामा जन्मिएको भनिएको छ । त्यहाँ पनि हिन्दुका मन्दिरहरु छन्”खड्काले भन्नुभयो ।

उहाँले सीमा र तराइमा बाँधिएका तटबन्धका विषयमा भारतसँग वार्ता गर्न ढिलाई भइरहेपनि यस विषयमा प्रधानमन्त्रीले सरकार र पार्टीमा समेत छलफल नचलाएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP