Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

‘यस्तो बेला राम र अयोध्याको विषय निकाल्नु प्रधानमन्त्रीको मुर्खतापूर्ण काम हो’

काठमाडौँ । राम र अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई सर्वत्र विरोध भइरहेका बेला नेकपा नेता भिम रावलले पनि ओलीको भनाई असान्र्दभिक र आफ्नो असफलता ढाकछोप गर्ने मुर्खतापूर्ण दुस्साहस भएको बताउनुभएको छ ।

अहिले जारी भएको नेपालको नयाँ नक्सा र भारत सरकारले बनाएका तटबन्धका विषयमा गम्भिरतापूर्वक वार्ताको थालनी गर्नुपर्ने समयमा अयोध्या कहाँ थियो र राम कहाँ जन्मिए भन्ने विषयलाई विवादका रुपमा प्रधानमन्त्रीले ल्याउनु असान्र्दभिक र गैरजिम्मेवारीपूर्ण भएको उहाँको भनाई छ ।

प्रधानमन्त्रीको तहबाट यस्तो समयमा यस्ता असान्र्दभिक र तथ्य समेत नभएका विषयहरु आएर विवाद सिर्जना गर्नु जनमतको अपमान र पार्टीका लागि समेत घातक भएको रावलले नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो ।

उहाँले देशको तत्कालिन आवश्यकता र दुइतिहाई नजिक सरकारले गर्नुपर्ने काम सीमा फिर्ता र भारतले बनाएका तटबन्धका विषयहरु सुल्झाउनुपर्ने भएपनि प्रधानमन्त्रीकै कारण सम्बन्धमा सुधार आउनुको सट्ट झन विग्रन पुगेको टिप्पणी गर्नुभयो ।

नेता रावलले नेकपाको पार्टी अध्यक्ष समेत रहनुभएका ओलीले कहीबाट यसको तथ्य र प्रमाण फेला पारेकै भएपनि पहिले सरकार, पार्टी र विपक्षी दलहरुसँग पनि छलफल नगरी आफ्नो आलोचनालाई विषयान्तर गर्न जथाभावी भनाई राख्दा नेपाल—भारत प्रबुद्ध समुहको प्रतिवेदनमा भएका विषय,सीमा र तटबन्धका विषय समेत ओझेलमा परेको बताउनुभयो ।

रावलले आफु गृहमन्त्री हुँदा नेपाल—भारत सम्बन्धका विषयमा बनाएका र गरेका जति काम अहिलका प्रधामन्त्रीले गर्न नसकेको दावी गर्नुभयो । उहाँले भारतसँग तत्कालिन सरकारले गरेका विषयहरु स्थायी कमिटीको बैठकमा उठाए आफु जवाफ दिन तयार रहेको भन्दै देशभन्दा पार्टी ठूलो र पार्टी भन्दा व्यक्ति ठूलो भन्ने भ्रमबाट ओली मुक्त हुन नसक्दा उहाँमाथि पार्टी गम्भिर बन्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो ।

रावलले भन्नुभयो,‘अहिले रामको सम्बन्ध उठाउने समय थिएन । सीमाका कुरा, १९५० को सन्धीका कुरा गर्दै नगर्ने । कालापानी लिम्पियाधुरा र तराइबाट ध्यान भड्काउने । पार्टीको विरोधबाट भाग्नको लागि प्रधानमन्त्रीले यस्तो असान्र्दभिक विवाद निकाल्नु भयो । भारतसँग वार्ता अब कसरी गर्ने भन्ने बारेमा र जनताका तत्कालिन समस्याहरु बारे नबोल्ने । ध्यान नदिने । बास्तविक समस्याबाट भाग्न खोज्ने । प्रधानमन्त्रीले मनलाग्दी बोल्ने, अनि पराराष्ट्र मन्त्रालयले विज्ञप्ती निकाल्नुपर्ने ? प्रधानमन्त्री कार्यलय बोल्नुपदैन?”

प्रधानमन्त्रीको बोलीमा लगाम लगाउनु पर्ने अवस्था आएकाले । विधि विधान अनुसार जानुपर्छ । पार्टीका कमिटीमा छलफल गरौ । कोरोनाबा बेला भएका भ्रष्टाचारलाई कारवाही नगर्ने । ओली सर्वशक्तिमान भएर नेपालमा बस्न सक्नुहुन्छ ? बैठकमा नआउने । यस्तो विषयमा विचार गर्नुपर्छ । मैले यस्तो प्रमाण भेटेको छु के गर्ने भनेर सोध्नुपदैन । म पनि महाधिवेशनबाट उपाध्यक्ष भएको हुँ । इश्वर पोखरेलको खै । हामीसँग अनेकौ विकल्प छ । अख्तियारले हेर्नुपर्छ र कारवाही गर्नुपर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP