Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सरुवा हुनासाथ यौनकाण्डमा एसएसपी समातिए

सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामपाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारी बलात्कार काण्डमा समातिएका छन् । आजै बुधबार बिहान साँढे आठ बजेतिर २६,२७ वर्षकी एउटी युवती सँधैझैँ स्कुटी चढेर सरर्र एसएसपी कार्यालय रहेको कम्याउण्डभित्रको निवास छिरिन् । बिहानै चिया, कफीको साटो उनीहरूले सोमरसको बोटल नै खोले । पहिलेझैँ रमाइलो गरे र अन्तमा गलफत्ती शुरु भयो । गलफत्ती एकाएक तोडफोडमा परिणत भयो ।

एसएसपी निवासमा हल्लाखल्ली भयो । सशस्त्रका सुरक्षाकर्मीहरू हाइ अलर्टमा देखिए । एकछिनमा युवतीले आफूलाई एसएसपीले बलात्कार गरेको भनी नेपाल प्रहरीको कन्ट्रोल नं.१०० मा खबर गरिन् । प्रहरीको कन्ट्रोलले दिएको जानकारीअनुसार लगत्तै सशस्त्रको मुक्तिनाथ बाहिनीका डिआईजी कविन्द्रमान प्रधान र एसएसपी जयकुमार खड्कासहितको टोली घटनास्थल पुग्यो ।

प्रहरीले ४९ वर्षे एसएसपीको सामुन्ने घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्यो । निवासमा प्राप्त तथ्य प्रमाणमा निजहरूले चिया खाने बिहानको समयमा रक्सी सेवन गरेको र त्यसपछि झगडा गरेको देखियो । प्रहरीको अनुसन्धानमा टेबुलको सिसा र खानपिनमा प्रयोग भएका अधिकांश गिलासहरू फुटेको देखिएको छ । अधिकारीको बेडरुम र बैठक कोठाका सबै सामान अलपत्र थिए । सँगै भियाग्राको तीनवटा खोल पनि प्रहरीले बरामद गरेको छ । एसएसपी निवासको रुमालमा लतपतिएको आलो बिर्य नै भेटेपछि जाँचबुझ पत्रसहित अधिकारीलाई पक्राउ गरेर कास्की प्रहरीले बेलुका छ बजेतिर लगेको थियो ।

बुढेशकालमा बैंश चढेपछि आगामी माघ १ गते अवकास हुने अधिकारी बलात्कारको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । यता,सशस्त्र मुख्यालयले आजै निजलाई निलम्बन गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको छ । स्रोतका अनुसार अस्ति मात्र हेडक्वार्टर हलचोक सरुवा भएको थियो । सरुवापछि काठमाडौं जानुअघि पोखरामा मुड फ्रेस हुन एसएसपीले खानपीन र मस्तीको योजना बनाएको देखिन्छ ।

सोहीबमोजिम आज बिहान दारु र भियग्राको कार्यक्रम बनाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्रोत भन्छ ‘शायद पोखरा छोड्नुअघि युवतीलाई दिइएका यसअघिका केही शर्त पनि पूरा गर्नुपर्ने थियो होला । अधिकारीबाट त्यसको संकेत नपाएपछि युवतीले उक्त लफडा गराएको हुनसक्छ ।’

तर,दिनदहाडै स्टाफ र सुरक्षाकर्मीको चौघेराभित्र बसेका एसएसपीले निवासमा मच्चाएको राशलीलाले संगठनको समेत बेइज्जत भएको छ । यो घटनाले सशस्त्रका अन्य अधिकृत तथा कर्मचारी र तिनका परिवारलाई समेत समाजमा मुख देखाउन पनि लाज भएको बताइएको छ ।

यतिखेर सशस्त्रका एकजना डिआईजी श्रीमती मारेको अभियोगमा झ्यालखानामा छन् भने अर्का एसएसपीलाई कार्यालय समयमा कार्यालयभित्रै युवती बलात्कारको आरोप लागेको छ । डिआईजी रञ्जन कोइराला साउन ७ गते छुट्दै छन् । तर, उनी नछुट्दै अर्का एसएसपी खोरमा जाकिन तयार भएका छन् । नयाँ फौजदारी संहिताअनुसार अधिकारी अब वर्षौं झ्यालखानामा जाकिने पक्का छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP