Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

भारतमा कोरोनाका कारण एकैदिन ६०६ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ३२ हजार ६९५ कोरोना संक्रमित फेला परेका छन् । नयाँ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ६८ हजार ८७६ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसको कारण एकैदिन ६०६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २४ हजार ९१५ पुगेको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढी संक्रमित फेला पर्दा १० हजार ९२८ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा एक लाख ५१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने दुई हजार १६७ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा पनि एक लाख १६ हजारभन्दा धेरै संक्रमित भेटिँदा तीन हजार ४८७ जनाको मृत्यु भइसकेको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका ६ लाख १२ हजार ८१५ संक्रमित डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP