Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अर्थमन्त्री भन्छन्, ‘संकटका बीच पनि समग्र आर्थिक परिसूचक सन्तोषजनक’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीको संकटका बीच पनि बजेट कार्यान्वयन सन्तोषजनक रहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा उहाँले आर्थिक वर्ष २०७६ ७७ को समग्र आर्थिक परिसूचक सन्तोषजनक रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षमा आफूले संशोधन गरेको बजेटका लक्ष्य भने पूरा गर्न सफल भएको दावी गर्नुभयो । यद्यपि यो वर्ष पुँजीगत खर्चको लक्ष्य भने सरकारले पूरा गर्न सकेन । अर्थमन्त्री डा. खतिवडाका अनुसार अघिल्लो आर्थिक वर्षमा कुल ८ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो कुल विनियोजनको ७५ प्रतिशत मात्र हो । यस अवधिमा सरकारले १० खर्ब ९४ अर्ब रुपैयाँ बजेट खर्च भएको छ ।

१५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले गत आवमा मात्र ७१ प्रतिशत बजेट खर्च गर्न सकेको छ । गत आर्थिक वर्षमा चालू खर्चमा बढी रकम खर्च भएको भन्दै अर्थमन्त्री खतिवडाले यसबाट आर्थिक वृद्धिमा असर गरेको भने स्वीकार गर्नुभयो । केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको २.३ प्रतिशत हाराहारी नै आर्थिक वृद्धिदर कायम हुने उहाँको अनुमान रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP