Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अघिल्लो वर्षभन्दा यो वर्ष रोपाई छिटो भयो, धान उत्पादन बढ्ने कृषि मन्त्रालयको विश्वास

 यो वर्ष अघिल्ला वर्ष भन्दा छिटो रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार असार मसान्तसम्म देशभर कुल रोपाइँयोग्य जमिनको ८१.५८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ ।

अघिल्लो वर्ष असार मसान्तसम्म ४०.४९ प्रतिशत भूभागमा रोपाइ भएको थियो । कुल १३ लाख ७१ हजार ०६ हेक्टर रोपाइँ योग्य जमिनमध्ये ११ लाख १९ हजार ९१ हेक्टर जमिनमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा.हरिबहादुर केसीले बताउनुभयो ।

अघिल्लो वर्ष असार मसान्तसम्म ५ लाख ५५ हजार ४ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । यस वर्ष उच्च पहाडमा ७४.७६, मध्य पहाडमा ७५.१२ तथा तराईमा ८४.२१ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ को रोपाइँ सकिने चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा ९१.८६ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ ।
यस वर्ष धान रोपाइँ छिट्टै हुँदा धान उत्पादन बढ्ने आशा थप भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

धेरै धान फल्ने एक सूचकमध्ये छिटो रोपाइँ पनि एक भएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीको भनाई छ ।  लकडाउनका कारण शहरका मानिस गाउँ गए जाँदा कृषि चक्र समयमै चलेको कृषि विभागको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP