Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

खेलकुद परिषद्को सदस्य सचिव लागि २७ जनाको आवेदन

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि २७ जनाको आवेदन परेको छ । (आज) बिहिबार अपरान्ह ५ बजेसम्म २७ जनाले निवेदन दिएका हुन् । मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको सिफारिस समितिले एक हप्ताको समय दिदै बिहिबारसम्म दर्खास्त आह्वान गरेको थियो ।

नयाँ ऐन अनुसार मन्त्रालयले सचिवको थपलियाको नेतृत्वमा रिम रानाभाट र ईन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो ।

सदस्य सचिव सिफारिस समितिले कार्ययोजना सहित मन्त्रालयमा आफै उपस्थित भएर वा ईमेलमार्फत उम्मेदवार दर्ता गराउन मिल्ने ब्यवस्था गरेको थियो । मन्त्रालयले तोकेको ७ दिनभित्र सदस्य सचिव पदका लागि २७ जनाले निवेदन हालेका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो ।

समितिले गत बिहिबार सदस्य सचिव छनोटको कार्यविधि बनाएर दर्खास्तकालागि आज (बिहिबार)सम्मको समय उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP