Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

प्रेस पास नवीकरणलाई सहज र छिटो तरिकाबाट गर्ने व्यवस्था मिलाउन आग्रह

कोभिड–१९ संक्रमणका कारणले सूचना तथा प्रसारण विभागबाट पत्रकारहरुलाई जारी गरिएको प्रेस पासको नवीकरण सहज ढंगबाट नहुँदा पत्रकारहरु समस्यामा परेका छन् । पत्रकारलाई जारी गरिएको प्रेस पासको अवधि असार मसान्तबाट सकिएको र नवीकरण गर्न सहज नहुँदा राज्यको प्रमुख कार्यालय रहेको सिंहदरबार प्रवेशमा पत्रकारहरुलाई रोक लगाइनुको साथै आवत–जावतमा समेत समस्या परेको छ ।

कोभिड–१९ संक्रमणको जोखिम मोलेर पेशागत कर्म निर्वाहमा जुटेका पत्रकारहरुको प्रेस पास नवीकरण समयमै नहुँदा अनेक समस्या झेल्नु परेको अवस्थालाई मध्यनजर गर्दै प्रेस पासको नवीकरण सहज नहुँदासम्म पुरानै प्रेस पासबाट सहजरुपमा समाचार संकलन, आवत–जावत तथा सिंहदरबार प्रवेशको व्यवस्था मिलाउन सूचना तथा प्रसारण विभाग र सम्बन्धित निकायसँग नेपाल पत्रकार महासंघ आग्रह गर्दछ । साथै, प्रेस पास नवीकरणलाई सहज र छिटो तरिकाबाट गर्ने व्यवस्था मिलाउन पनि आग्रह गर्दछ ।


रमेश विष्ट
महासचिव

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP