Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मौद्रिक नीति आज सार्वजनिक हुने, कोरोनाको प्रभावलाई कसरी गर्ला सम्वोधन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्न लागेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण थला परेको अर्थतन्त्र उकास्न बजेटमा राहत कार्यक्रम खासै नआएकोले उद्योगी व्यवसायीले मौद्रिक नीतिबाट ठूलो आशा गरेका छन् ।

उद्योगी व्यवसायीले पुनरकर्जा कोष बृद्धि गर्ने र त्यसको सीमा बढाउने, कर्जा तिर्न नसकेका ऋणीको लागि व्याज छुट तथा किस्ता र व्याज तिर्ने समय बढाउने लगायतका राहत प्याकेजको अपेक्षा मौद्रिक नीतिसँग गरेका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएपछिको पहिलो मौद्रिक नीति भएकोले पनि धेरैले चासोका साथ हेरेका छन् । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अपेक्षा गरिएभन्दा बढी राहत प्याकेज ल्याउने यसअघि नै सार्वजनिक घोषणा गर्नुभएको थियो ।

उत्पादन बृद्धि, रोजगारी सिर्जना र ठप्प भएको आपूर्ति प्रणालीलाई ऋण दिन पनि मौद्रिक नीतिले सहयोग गर्ने अपेक्षा गरिएको छ । यस्तै, सेयर धितो कर्जाको सीमा अहिलेको ६५ प्रतिशतबाट बढाउनु पर्ने आवाज पुँजी बजारसँग सम्बन्धित सरोकारवालाले उठाएका छन् ।

कोभिड–१९ संक्रमण सन्त्रासपछि वाणिज्य बैंकहरु पनि एकापसमा मर्जर र एक्वीजीसनको लागि तयार भएका छन् । नेपाल राष्ट्र बैंकले विगतदेखि नै मर्जर गराएर वाणिज्य बैंकहरुको संख्या घटाउन चाहेको भएपनि बैंकहरु तयार नहुँदा सम्भव भएको थिएन । यसपालीको मौद्रिक नीतिले वाणिज्य बैंकहरुको मर्जरका लागि विशेष प्याकेज ल्याउने अपेक्षा बैंकर्सको छ ।

त्यसैगरी कोभिडबाट प्रभावित होटल तथा पर्यटन व्यवसाय, निर्माण क्षेत्र, ब्यापारिक भवन, कृषि क्षेत्र, सार्वजनिक यातायात, ट्याक्सी, साना तथा मझौला, लघु उद्यमका लागि विषेश व्याकेज बनाइएको श्रोतले जनाएको छ ।

त्यसैगरी ऋण तिर्ने भाका सार्नुका साथै कतिपय अवस्थामा पुनर्संरचनाको नीति लिइएको छ। पर्यटनलाई सहुलियतपूर्ण ऋणका साथै पुनर्कर्जाबाट पनि सहयोग गरिने नीतिमा उल्लेख छ।

सवारी साधन ऋणमा राष्ट्र बैंकले मध्यमार्गी बाटो अपनाइएको छ। अहिले निजी सवारी साधन किन्दा ५० प्रतिशत मात्र बैंक फाइनान्सिङ हुन्छ। राष्ट्र बैंकले एक हजारदेखि १२ सय सीसीसम्मका गाडी ऋणको फाइनान्सिङ बढाउने भएको छ। पुँजी बजारलाई चलायमान बनाउन पनि सेयर धितो ऋणको सीमा केही बढाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP