Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सलहका अरु झुण्ड पनि नेपाल आउने सम्भावना

काठमाण्डाै – सलहका अरु झुण्ड पनि नेपाल आउने सम्भावना बढेको छ ।

भोलिदेखि हावाको दिशा दक्षिण पश्चिमबाट उत्तर पूर्वी क्षेत्रतर्फ बहने भएकाले भारतको राजस्थानमा रहेका सलहको अरु केही झुण्ड नेपाल आउने सम्भावना बढेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिनुभयो ।

आज हावाको दिशा उत्तर पश्चिमतर्फ बहने र भोलिदेखि परिवर्तन भएर उत्तर पूर्वी क्षेत्रतर्फ बहने भएकाले सलह आउने सम्भावना देखिएको उहाँले बताउनुभयो । अरबका देशबाट पाकिस्तान हुँदै भारतमा नयाँ नयाँ सलहको झुण्ड आउने क्रम चलिरहेकोले नेपालमा पनि सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

असार २८ गते नेपाल आएको सलह भने हिजो बेलुका सुर्खेतको पच्चिमी क्षेत्रको जंगलमा गएर बसेका छन् । सुर्खेतकै छिन्चुमा बस्न खोजेको र स्थानीयबासिन्दाले भगाएपछि पश्चिमतर्फ गएर जंगलमा बसेको जानकारी आएको उहाँले बताउनुभयो ।

किसानले सतर्कता अपनाएर बस्न नदिएका कारण र मौसम प्रतिकूलताका कारण सलहको झुण्ड पटक पटक नेपाल आए पनि धेरै नोक्सानी गर्न पाएको छैन । असार २८ गते नेपाल आएका सलहले थोरै मात्रामा प्युठानमा लगाइएको बालीनालीमा नोक्सानी गरेको खबर आएको, तर कति मात्रामा नोक्सानी भयो भन्ने भने यकिन भइनसकेको उहाँको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP