(नाेट : खाडीका देश र मलेसियाको पछिल्लो कोरोना अपडेट दिनमा दुई पटक हुन्छ । तर सङ्क्रमित नेपालीको सङ्ख्या भने दूतावास वा गैरआवसीय नेपाली संघ एनआरएनएले सार्वजनिक गरेका बेलामा मात्र अपडेट हुन्छ । यो अपडेटमा त्यहाँ रहेका नेपाली दूतावासले पुष्टि गरेका सङ्क्रमित नेपालीकाे सङ्ख्या र गैरआवसीय नेपाली संघ एनआरएनएको तथ्याँक समावेश गरिएको छ । )
काठमाण्डाै, साउन २ गते – खाडीका देशमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या बढेको छ । कतार, यूएई र साउदीमा कोरोनाबाट निको हुनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । ओमानमा पछिल्लो समय सङ्क्रमण बढि देखिए पनि निको हुनेको सङ्ख्या पनि त्यही अनुपातमा बढिरहेको छ । कुवेत र बहराइनमा पनि नयाँ कोरोना सङ्क्रमित थपिए पनि निको हुनेको सङ्ख्या बढेको छ । मलेसियामा भने नयाँ कोरोना सङ्क्रमित भेटिने क्रम निकै घटेको छ । सङ्क्रमित मध्ये ७७ जना मात्रै निको हुन बाँकी छन् । यी देशमा कोरोना सङ्क्रमणको दर घटेसँगै आर्थिक गतिविधि पनि विस्तारे सुरु हुन थालेका छन् । त्यहाँ कार्यरत नेपाली पनि काममा फर्कंन थालेका छन् ।
खाडीका देश र मलेसियासहित विदेशमा विभिन्न देशमा कार्यरत २९ हजार ६ सय २४ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । गैरआवसीय नेपाली संघ एनआरएनएको स्वास्थ समितिकाे तथ्याँक अनुसार,सङ्क्रमितमध्ये २७ हजार ३ सय ६२ जना निको भएका छन् । एनआरएनएका अनुसार पछिल्लाे समय विदेशमा कार्यरत नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणदर उल्लेख्य रुपमा घटेको छ ।
विश्वका दुई सय १३ देशका एक कराेड ३९ लाख ४६ हजार ५९६ जनामा सङ्क्रमण फैलिसकेको छ । ५ लाख ९२ हजार ६७७ जनाको ज्यान गएको छ भने ८२ लाख ७७ हजार ७३२ जना निको भएका छन् ।
तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् । अहिले समस्यामा रहेका नेपालीकाे स्वदेश फिर्तीकाे भइरहेकाे छ । टिकट काट्नका लागि दूतावासले ताेकेकाे र भनेकाे ठाउँबाट मात्र काट्नुहाेस् । टिकट काट्नुअघि दूतावासमा सम्पर्क गरेर आफू प्राथमिकतामा परेको हो होइन निश्चित गर्नुहोस् नत्र ठगीमा पर्न सकिन्छ ।
सरकारले अब विदेशमा अलपत्र परेका, आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने र रोजगारदाताले पनि टिकट खर्च नदिएका श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर उद्धार गर्ने भएको छ ।

कतारमा रहेकाे नेपाली दूतावासले समस्यामा परेर स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीलाई दूतावासमा यसअघि फारम भरेकाे भए पनि फेरि भर्न अनुराेध गरेकाे छ । समस्या अनुसार सम्पर्क गर्ने व्यक्ति पनि ताेकेकेा छ ।
सङ्क्रमित सङ्ख्या : १ लाख ५ हजार ४७७ जना । ( २० हजार नेपाली नेपालीसहित)
निको भएर घर फिरेकाहरु : १ लाख २ हजार १६८ जना ।
अस्पतालमा उपचाररत : ३ हजार १५७ जना ।
मृतकको सँख्या : १५२ जना ।
( कतारमा सङ्क्रमितको राष्ट्रियता खुलाउदैन । त्यसैले सङ्क्रमित नेपालीकाे यकिन तथ्याँक दूतावासलाई पनि जानकारी छैन । माथि समावेश गरिएकाे तथ्याँक गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । स्वास्थ्य समितिकाे अनुसार कतारमा काेराेना सङ्क्रमित नेपाली मध्ये झण्डै १८ हजार नेपाली निको भएका छन् । कतारमा समग्रमा कोरोनाबाट निको हुनेको सङ्ख्या बढिरहेको छ । )
– कोरोनाको कारण उत्पन्न असहज परिस्थितका बेला सुत्केरी तथा गर्भवती महिला, कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले नेपाल फर्कंदा साथमा अनिवार्य रुपमा ‘फिट टू फ्लाई’ सर्टिफिकेट राख्नु पर्छ । यी समस्यामा हुने यात्रुले आफूलाई स्वास्थ्य परीक्षण गर्ने डाक्टर वा स्वास्थ्य संस्थाबाट ‘फिट टू फ्लाई’ सर्टिफिकेट लिन सक्छन् ।
– अनलाइनमार्फत फारम भर्न कुनै समस्या भएमा दूतावासको फेसबुक पेजमा गएर म्यासेज गर्न अथवा दूतावासमा फोन गरेर आफ्नो विवरण टिपाउन सकिनेछ ।
– अब दूतावासमा ४४६७५६८९ मा फोन गरी आफ्नो समस्या र जिज्ञासा अनुसारको एक्सटेन्शन नम्बर डायल गरी सेवा लिन सकिनेछ ।
– रोजगारीजन्य समस्याका लागि ११५ एक्सटेन्शन नम्बर तोकिएको छ ।
– कम्पनीमार्फत नेपाल फर्कने प्रक्रियाका लागि १६६ एक्सटेन्शन नम्बर तोकिएको छ ।
– आफन्तको मृत्यु भइ काजकिरियाका लागि नेपाल फर्कंन पर्नेले १११ एक्सटेन्शन नम्बर तोकिएको छ ।
– कोरोना बाहेक जटिल स्वास्थ्य समस्या भइ तत्काल नेपाल फर्कनुपर्ने भएमा ११३ एक्सटेन्शन नम्बर तोकिएको छ ।
– पर्यटक तथा पारिवारिक भिसामा कतारमा रही तत्काल नेपाल फर्कनुपर्ने भएमा १०५ एक्सटेन्शन नम्बर तोकिएको छ ।
–नेपालीको मृत्यु तथा शव लैजाने विषयका बारेमा ११४ एक्सटेन्शन नम्बर तोकिएको छ ।
– नेपाल जानुपर्ने र ट्राभल डकुमेन्ट आवश्यक भएमा ११० एक्सटेन्शन नम्बर तोकिएको छ ।
– श्रम सहचारीका लागि ११९ एक्सटेन्शन नम्बर तोकिएको छ ।
– लेखा शाखाका लागि १०९ एक्सटेन्शन नम्बर तोकिएको छ ।
– अन्य जानकारीका लागि ० मा फोन गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । यी नम्बरमा फोन गरेर आफ्नो समस्या राख्दा दूतावास नै आउन नपर्ने गरी व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।
सार्वजनिक बिदाको दिन बाहेक हरेक आइतरबादेखि बिहीबारसम्म बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दूतावास खुल्ला रहने हुँदा त्यही समयमा फोन गर्न अनुरोध गरिएको छ । ४ जुनमा सूचना प्रकाशित गरी सार्वजनिक गरिएका मोबाइल नम्बरहरु ३३८८०३२१, ६६९६३६१६, ६६९५०७२४, ७०४५३३८८ र ३३५६०११७ (ह्वाट्स्एप) अब प्रयोगमा नरहेको दूतावासले जनाएको छ ।
– कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत श्रमिकलाई कुनै समस्या परे सम्पर्क गर्न कतारले ९२७२७ नम्बरको हटलाइन व्यवस्था गरेकाे छ । याे नम्बरमा सर्म्पक गरेर समस्या राख्ननुहाेस् ।
– कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । कोरोना सङ्क्रमण देखिएमा निःशुलक उपचार हुन्छ ।
– कतार सरकारले स्वदेश फर्कने नेपालीकाे काेराेना जाँच नगर्ने भएकाे छ । त्यसैले ज्वराे मात्र नापेर पठाउनेगरी दूतावासले तयारी गरेकाे छ । साथै “Ehteraz मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने हुनाले अनिवार्य रुपमा उक्त एप संचालनमा ल्याउन दूतावासले अनुराेध गरेकाे छ । एप डाउनलोड गरी त्यसमा कतारी परिचय पत्र नम्बर, भिसा नम्बर दर्ता गरेर एप सञ्चालनमा ल्याउन सकिन्छ ।
– कतारमा पहिलेको तुलनामा आर्थिक गतिविधि केही सञ्चालन हुन थालेका छन् । तर कोरोना सङ्क्रमणको जोखिम तजाततै भएकाले सावधानि अपनाउनुहोस् ।
भिसाकाे म्याद सकिएमा
कतारको श्रम मन्त्रालयका अनुसार, बिदामा गएका तर कोरोनाका कारण कतार फर्कन नपाएका श्रमिकको यो अवस्थाको अन्त्य भएपछि स्वतः कतारको भिसा नवीकरण हुने र कतार फर्कन पाउने व्यवस्था गरेको छ ।
– यो समयमा भिसाको म्याद थप्न वा भिसाको अवस्था htpps://portal.moi.gov.qa/visitvisaextension बाट थाहा पाउन सकिन्छ ।
– कतार आइडीको म्याद थप्न वा अवस्था थाहा पाउन metrash 2 एप्लिकेसन प्रयोग गर्न र थप नयाँ सूचना तथा जानकारीका लागि कतारको आन्तरिक मन्त्रालयको वेवसाइट हेर्नुहोस् ।

जुलाई ७ देखि यूएई पर्यटकका लागि खुलेकाे छ । ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुलेका छन् । यूएई जानेले उड्नुअघि कोभिड–१९ को परीक्षण गरेको हुनु पर्नेछ भने यूएई सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्न पर्नेछ ।
सङ्क्रमित सङ्ख्या : ५६ हजार १२९ जना । (२ हजार नेपालीसहित)
निको भएर घर फिरेकाहरु : ४७ हजार ४१२ जना ।
अस्पतालमा उपचाररत : ८ हजार ३८२ जना ।
मृतकको सँख्या : ३३५ जना ।
नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । स्वास्थ्य समितिका अनुसार सङ्क्रमित नेपाली मध्ये ८० प्रतिशत निकाे भएका छन् । यूएईले सङ्क्रमितको राष्ट्रियता नखुलाउदा यूएईमा रहेको नेपाली दूतावासले पछिल्लो समय सङ्क्रमित नेपाली र कोरोनाका कारण ज्यान गुमाउने नेपालीको पुष्टि गर्न छाडेको छ ।
खान बस्न लगायत काेराेनाका कारण समस्या परेकाे छ भने दूतावासमा अनलाइन फारम भरेर जानकारी गराउनुहाेस् । दूतावासका अनुसार अहिले स्वदेश फर्कने नेपालीकाे काेराेना जाँच विमानस्थलमा यूएई सरकारले नै निशुल्क गरिदएकाे छ ।
फारम भर्न यहाँ क्लिक गर्नुहाेस्
यूएईको Ministry of Health and Prevention (मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् ।
आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ ।
कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् ।
– यूएईले कोरोनाको कारण यसअघि ३१ डिसेम्बर २०२० सम्मको लागि सबै किसिमका (रेसिडेन्स, भिजिट, टुरिस्ट) भिसा अवधि बढाउने भनिएको नियम खारेज गर्दै नयाँ नियम ल्याएको छ । नयाँ नियम अनुसार मार्च र अप्रिल महिनामा भिसा अवधि सकिएकाहरुले जुलाई १२ देखि १ महिनाभित्र नयाँ भिसा लगाइ सक्नुपर्ने छ ।
– जुन १ देखि जुलाई ११ सम्ममा भिसाको अवधि सकिएकाले सेप्टेम्बर १० देखि एक महिनाभित्र नयाँ भिसा लिनु पर्नेछ । जुलाई ११ भन्दा पछि भिसाको म्याद सकिएकाले भने पहिलेकै नियम अनुसार नयाँ भिसाका लागि प्रक्रिया गर्नुपर्ने यूएई सरकारले जनाएको छ ।
– बिदामा यूएईभन्दा बाहिर रहेका तर कोरोनाको कारण फर्कनुपर्ने समयमा फर्कने नसकेकाको हकमा भने दुई देशबीच उडान सुरु भएको एक महिनाको अवधिलाई ग्रेस अवधि भनेर दिएको छ । यूएईभन्दा बाहिर रहेका भिसाको अवधि सकिएकाहरुले नियमित उडान सुरु भएको एक महिनाभित्र यूएई गएर नयाँ भिसा लिनुपर्ने नियम बनाइएको छ ।
– भिजिट भिसाको हकमा भने यूएईले प्रष्ट भनेको छैन । यसअघि भिजिट भिसासहित अन्य भिसाको हकमा डिसेम्बरसम्म भिसाको म्याद थपिने भनेकाले यो अहिले नियम रद्द हुँदा भिजिट भिसाको हकमा पनि त्यही नियम लागू हुन सक्छ । तर प्रष्ट भने पारिएको छैन ।

सङ्क्रमित सङ्ख्या : २ लाख ४३ हजार २३८ जना (१६५० जना नेपालीसहित) ।
निको भएर घर फिरेकाहरु : एक लाख ८७ हजार ६२२ जना ।
अस्पतालमा उपचाररत : ५३ हजार २४६ जना ।
मृतकको सँख्या : २ हजार ३७० जना ।
उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । स्वास्थ्य समितिका अनुसार सङ्क्रमित नेपाली मध्ये ८० प्रतिशत निकाे भएका छन् ।
साउदीमा अहिले कर्फ्यु केही खुकुलाे भएकाे छ । तर केही साउदी सरकारले खुकुलाे लकडाउनमा पनि विभिन्न नियमहरु बनाएकाे छ । ती नियमहरु पालना गर्नुहाेस् ।
सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् ।
स्वदेश फर्कनका लागि अनिवार्य रुपमा काेराेना परीक्षण गर्ने पर्ने हुन्छ । त्यसैले दूतावासले सकेसम्म आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध गरेकाे छ । सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गराउन सकिन्छ। त्याे पनि सम्भव नभएमा अनिरूद्र पाठकलाई ०५४६३५६०२३ मा, कृष्ण भूषाललाई ०५९८२५६७१८ मा परीक्षणका लागि सम्पर्क गर्न सकिन्छ ।
अत्यावश्यक सहयोग, सल्लाह र स्वदेश फिर्तीका लागि साउदीमा रहेको नेपाली दूतावासको ०११४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा (whatsapp समेत यसै फोनमा उपलव्ध छ) सम्पर्क गर्नुहुन अनुरोध छ ।
– साउदीले आप्रवासी श्रमिकका विभिन्न प्रकारका भिसा तीन महिना निःशुल्क थपिदिने भएको छ । कोरोना महामारीका कारण साउदीमा रहेका आप्रवासीको सहजताका लागि विभिन्न प्रकारका भिसासँगै बसोबासलाई सहज बनाउन निःशुल्क भिसाको समय अवधि तीन महिना बढाइदिने साउदीको मिनिस्ट्री अफ इन्टेरियरले जनाएको छ ।
– कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुन: प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरु कुनै जरिवानाबिना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सकिने छ ।
– त्यसैले यस्तो छाप आफ्नो पासपोर्टमा लागेको भएमा साउदीको आन्तरिक मन्त्रालयको वेवसाइट Absher वा Muqeem बाट यो छाप हटाउने प्रक्रिया अघि बढाउनुहोस् ।
– यो पोर्टलबाट सेवा लिन समस्या भएमा दूतावासको हटलाइन ०५५९३८९६०० नम्बरको ह्वाट्एपमार्फत आफ्नो विवरण पठाउनुहोस् । प्रक्रिया अघि बढाउन तपाईँलाई दूतावासले सहयोग गर्छ ।

७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्न वा वैधानिक हुने अवसर दिइएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
सङ्क्रमित सङ्ख्या : ३५ हजार ०८४ जना । ( ४५१ जना नेपालीसहित)
निको भएर घर फिरेकाहरु : ३० हजार ८०९ जना ।
अस्पतालमा उपचाररत : ४ हजार १५४ जना ।
मृतकको सङ्ख्या : १२१ जना ।
उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । स्वास्थ्य समितिका अनुसार सङ्क्रमित नेपाली मध्ये ८० प्रतिशत निकाे भएका छन् ।
काेराेनाका कारण समस्या परेकाे छ र स्वदेश फर्कन चाहनुहुन्छ या समस्या समाधानका लागि दूतावासकाे सहयाेग चाहिएकाे छ भने अनलाइन फारम भरेर र फाेन गरेर पनि जानकारी गराउन सकिन्छ ।
ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता काेराेनासँग मिल्दोजुल्दा लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
बहराइनबाट फर्कन टिकट किनेका र दूतावासकाे सूचीमा परेर फर्कने तयारीमा रहेकाले काेराेना जाँचकाे कपी नाम र नम्बर देखिने गरी राजदूतावासमा उपलब्ध गराउन अनुराेध गरेकाे छ ।
काेराेना जाँच गराउने ठाउँबारे जान्न यहाँ क्लिक गर्नुहाेस् । बहराइनले निशुल्क काेराेना जाँच गरिदिन्छ ।
कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३, ४१६११३६, ३५४२७७१७, ३५५४७९५१, ३६७८१५८८, ३७११४५७० मा सम्पर्क गर्न सकिन्छ ।

काेराेना सङ्क्रमित सङ्ख्या : ५७ हजार ६६८ जना । (एनआरएनएका अनुसार, १ हजारभन्दा धेरै जना नेपालीसहित)
काेराेना निको भएर घर फिरेकाहरु : ४७ हजार ५४५ जना । (स्वास्थ्य समितिकाे अनुसारलगभग ८० प्रतिशत नेपाली निको भएका छन् । )
अस्पतालमा उपचाररत : ९ हजार ७२१ जना ।
काेराेनाबाट मृत्यु हुनेको सङ्ख्या : ४०२ जना ।
नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । स्वास्थ्य समितिका अनुसार सङ्क्रमित नेपाली मध्ये ८० प्रतिशत निकाे भएका छन् । कुवेतले निकाे हुनेकाे राष्ट्रियता नखुलाएको त्यहाँ रहेको नेपाली दूतवासले जनाएको छ ।
कुवेत सरकारले त्यहाँ आममाफी सहभागी नेपालीलाई निशुल्क रुपमा काठमाण्डाैसम्म ल्याइदिइरहेकाे छ भने अन्य समस्याका कारण स्वदेश फर्कने नेपालीकाे स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन्छ । स्वदेश फर्कन काेराेना जाँच गराउन पर्छ ।
काेराेना जाँचका लागि दूतावासमा फाेन गरेर जानकारी लिनुहाेस् । त्यहाँ सरकारले नै पठाइदिने हाे भने सरकारले नै काेराेना जाँच गरिदिन्छन् । तर अन्य समस्यामा परेर स्वदेश फर्कनेले भने आफ्नो कम्पनीमार्फत गर्न र सम्भव नहुनेले आफूलाई जानकारी भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्न सकिने दूतावासले जनाएकाे छ ।
स्वदेश फर्कनका लागि स्वघाेषणाकाे एक फारम भर्न पर्छ ।
हिमालय एअरलान्समार्फत स्वदेश फिर्तीका लागि :
अरूणा महर्जन, मोबाइल नंः ००९७७ ९८४९५२२१७३; इमेलःsales1@rupseholidays.com
रमेश पराजुली, मोबाइल नंः ००९७७ ९८४१७८८१५६; इमेलःramesh@rupseholidays.com
अजिता श्रेष्ठ, मोबाइल नंः ००९७७ ९८०१९६६९७३; इमेलःsales7@rupseholidays.com
– कुवेतमा विभिन्न पाँच चरणामा लकडाउन खुकुलाे बनाउँदै सामान्य अवस्थामा फर्कने याेजना बनाएकाे छ । अहिले तेस्रो चरण सुरु भएकाे छ ।
– १२ देखि सुरु भएकाे याे चरणमा कर्फ्यु लाग्ने छैन । निजी र सरकारी कार्यालयहरु ५० प्रतिशत कर्मचारीको उपस्थितिसहित खुल्न पाउनेछन् । होटल र रिसोर्ट लागयत पनि खुल्नेछन् । यो फेजमा ट्याक्सी पनि चल्नेछन् । तर एक जना मात्र यात्रु चढाउन पाइनेछ ।
– चौथौ चरण अगष्ट दुईदेखि सुरु गर्ने कुवेत सरकारको योजना छ । यस अवधिमा सरकारी र निजी कार्यालयहरु ५० प्रतिशतभन्दा धेरै कर्मचारीसहित खुल्न पाउनेछन्। होटल, रेस्टुरेन्ट र क्याफेहरुले आफ्ना ग्राहकलाई सेवा दिन सक्नेछन् । र सार्वजनिक यातायातसमेत चल्नेछन् । यात्रीले दूरी भने कायम गर्नुपर्नेछ ।
– पाँचौं चरण अगष्ट २३ पछि सुरु हुनेछ । यो समयमा मानिसको दैनिकी सामान्य अवस्थामा चल्ने कुवेतको दावी छ । तर भौतिक दुरी र सरसफाइमा भने ध्यान दिनुपर्नेछ ।
काेराेनाका कारण समस्या परेकाे छ र स्वदेश फर्कन चाहनुहुन्छ या दूतावासबाट सहयाेग चाहिएकाे छ भने दूतावासमा सम्पर्क गर्नुहाेस् ।
कुवेत सरकारले निर्देश गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् ।
स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् । कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस् ।
कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् ।
कुवेतमा रहेका विदेशी नागरिकले ३१ मे पछि ३ कुवेती दिनार शुल्क तिरेर थप तीन महिला भिसाको म्याद थप्न सकिने भएकाे छ । थप जानकारी र सहयाेगका लागि दूतावासलाई सम्पर्क गर्नुहाेस् ।
भिसाकाे म्याद थप गर्नको लागि आफ्नो स्पोन्सर (रोजगारदाता)सँग सम्पर्क गर्ने र https://eres.moi.gov.kw/individual/ar/auth/login मा गइ रजिष्टर नगरेका स्पोन्सरले रजिष्टर गर्नुपर्ने हुन्छ । पहिले रजिष्टर भइसकेका स्पोन्सरले लगइन मात्र गरे पुग्छ ।
रजिष्टर अथवा लगइन गरिसकेपछि स्पोन्सरले आफ्नो नाम र फोन नम्बर भरेर ग्यारेन्टी नोटमा क्लिक गर्नुपर्ने र त्यसपछि रिन्युअलमा क्लिक गर्नुपर्ने दूतावासले जनाएको छ ।

सङ्क्रमित सङ्ख्या : ६२ हजार ५७४ जना । (५० जना नेपालीसहित)
निको भएर घर फिरेकाहरु : ४० हजार ९० जना ।(स्वास्थ्य समितिकाे अनुसारलगभग ८० प्रतिशत नेपाली निको भएका छन् । )
अस्पतालमा उपचाररत : २२ हजार १९४ जना ।
मृतकको सँख्या : २९० जना
नाेट : उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । स्वास्थ्य समितिका अनुसार सङ्क्रमित नेपाली मध्ये ८० प्रतिशत निकाे भएका छन् ।
खान बस्न लगायत काेराेनाका कारण समस्या परेकाे छ र स्वदेश फर्कन चाहनुहुन्छ भने दूतावासमा अनलाइन फारम भरेर जानकारी गराउनुहाेस्
ओमानमा हुने विदेशी नागरिकलाई कोरोना सङ्क्रमण देखिएमा ओमानकै नागरिक सरह नि:शुल्क उपचार हुनेछ । तर स्वदेश फर्कनेले भने आफ्नै खर्चमा कोरानोना जाँच गराउन पर्छ ।
काेराेनाकाे लक्षण देखापरमा सिधै कोभिड १९ को परीक्षण नभई चिकित्सकको सिफारिसपछि मात्र राष्ट्रिय प्रयोगशालामा यसको निःशुल्क परीक्षण हुने व्यवस्था गरिएको छ । कोरोनाबारे थप बुझ्न परेमा हटलाइन १२१२ वा २४४४१९९९ मा सम्पर्क गर्न सकिन्छ ।
सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् र सुरक्षित भएर बस्नुहोस् । ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् ।
कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।
ओमानमा रहेका र घरबिदामा गएर भिसा सकिएको भएमा रोयल ओमान पोलिस ROP मार्फत अनलाइन आवेदन दिन सकिन्छ । त्यसैले भिसा सकिएमा यही वेवसाइटमार्फत आवदेन दिन दूतावासले आग्रह गरेको छ । अथवा दूतावासमा फाेन गरेर पनि थप सहयाेग लिन सकिन्छ ।

सङ्क्रमित सङ्ख्या : ८ हजार ७ सय ३७ जना(दूतावासका अनुसार, ८१ जना नेपालीसहित)
निको भएर घर फिरेकाहरु : ८ हजार ५३८ जना । (दूतावासका अनुसार, ८१ जना नेपालीसहित)
अस्पतालमा उपचाररत : ७७ जना ।
मृतकको सङ्ख्या : १२२ जना ।
(मलेसियामा नेपालीमा थप सङ्क्रमण देखिएकाे छैन । सङ्क्रमित ८१ जना निकाे भइसकेका छन् ।)
मलेसियामा काेराेना सङ्क्रमितकाे उपचार नि:शुल्क भए पनि स्वदेश फर्कनेले भने आफ्नै खर्चमा कोरानोना जाँच गराउन पर्छ । दूतावासले मलेसियामा रहेका विभिन्न क्लिनिक तथा अस्पतालमा कोरोना परीक्षणका लागि छनोट गरेको छ ।
– कोरोनाको कारण कम्पनीमा या बासस्थानमा कुनै समस्या भएमा पनि दूतावासमा सम्पर्क गर्न अनुराेध गरेकाे छ ।
– सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ ।
– मलेसियामा आवश्यक कागजपत्र नभएर अवैधानिक भएका विदेशी श्रमिकहरु वैधानिक बन्न पाउने भएका छन् । इमिग्रेसन डिपोमा रहेका अवैधानिक कामदारलाई रोजगारदाताले काममा राख्न पाउने योजना अगाडि बढ्यो भने त्यस्ता कामदारलाई काममा राख्न सकिने मलेसियाका गृहमन्त्री दातुक सेरी हमजा जैनुद्यीनले बताएका छन्।
– झण्डै एक महिना अघिदेखि मलेसियाले निको हुने चरणमा प्रवेश गरेको भन्दै ‘रिकोभरी मोमेन्ट कन्ट्रोल अर्डर’ जारी गरेको छ ।
– मलेसियाबाट स्वदेश फर्कने चेकआउट मेमाे पाइसक्नुभएकाे छ भने दूतावासमा सम्पर्क गर्नुहाेस् । अहिले दूतावासले समस्यामा परेकालाई प्राथमिकताको आधारमा स्वदेश फर्काइरहेको छ । स्वदेश फर्कने प्राथमिकतामा पर्नुभएकाे छ भने राेजगारदातालाई भनेर चेकआउट मेमाे लिएर मात्र टिकट काट्नुहाेस् ।
– फर्कंदा चेक चेकआउट मेमाे वा बिदामा फर्कंन लाग्नुभएकाे हाे भने साथमा बिदा दिएकाे कागज साथैमा राख्नुहाेला । मलेसियाको अध्यागमनमा यी दुईमा एक कागजात अनिवार्य रुपमा देखाउँन पर्छ ।
– लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा लकडाउन सकिएकाे एक महिनाभित्र कार्यालय समयमा नवीकरण गर्न सकिनेछ । भिसा नवीकरण अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पहिले नै powerq एप मार्फत समय लिनु पर्नेछ ।
– यो एप मोवाइलमा भएको प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । पुत्रजया बाहेक अन्य राज्यमा आवेदन दिन परेमा https://sto.imi.gov.my/ गएर अगाडि नै समय बुक गर्नु पर्नेछ । त्यसका लागि सबैले आफ्नो कम्पनीको सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्नुपर्छ ।
सबै विदेशी नागरिकले भिसा सम्बन्धि सबै काम अनलाइनमार्फत अगाडि नै अपोइन्टमेन्ट लिएर गर्नुपर्ने हुँदा अनलाइन अपोइन्टमेन्ट नलिइ सिधै गएमा आवेदन दिन नपाइने मलेसियाको अध्यागमन विभागले जनाएको छ ।
काेराेनाकाे महामारीका कारण समस्यामा परेका नेपालीकाे स्वदेश फिर्ती सुरु भइसकेकाे छ । सरकारले ताेकेकाे प्राथमिकताकाे अनुसार नै अहिले दूतावासहरुले समस्यामा रहेकालाई स्वदेश पठाइरहेका छन् ।
सरकारले प्राथमिकतामा पर्ने नेपालीको १५ वटा सूची नै बनाएको छ । सरकारले आममाफी पाएका, भिसाको अवधि सकिएका, घरफिर्ती केन्द्रमा रहेका, घर फर्कन चेक आउट पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कन पर्ने, रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य समस्यामा रहेका, बालबालिका ज्येष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका तर कोरोनाको कारण फर्कन नपाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपाली तर नेपाल फर्कन पर्ने अवस्थामा रहेकालाई प्राथमिकतामा राखेको छ ।
यस्तै पर्यटन भिसामा, बिजनेश भिसामा गएर उतै रोकिएका, अध्ययन लगायतका सिलसिलामा गएका सरकारी कर्मचारी, कलेज बन्द भएर फर्कन पर्ने विद्यार्थीलाई पनि प्राथमिकतामा राखेको छ ।
तर यसरी फर्कनेले आफैंले यातायात खर्च व्यर्होनुपर्ने र कोरोना जाँचको रिपोर्ट हुनुपर्ने प्रावधान अनिवार्य गरिएको छ ।
आफूलाई सोध्न मन लागेको प्रश्न र जिज्ञासा तपाईँको जिल्लामा रहेका आप्रवासी श्रोत केन्द्रहरुमा राख्न सक्नुहुन्छ ।
तपाईको जिल्लाको आप्रवासी श्रोत केन्द्रको फोन नम्बर सुरक्षित आप्रवासन परियोजनाको फेसबुक पेज Safer Migration Project Phase 3 मा गएर हेर्नुहोस् र फोन गरेर आफ्ना जिज्ञासा र प्रश्नहरु राख्न सक्नुहुन्छ ।
आप्रवासी श्रोत केन्द्र मात्र हैन अहिले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ०१ ५०००५ मा फोन गरेर पनि प्रश्न सोध्न सक्नुहुन्छ । कल सेन्टरले तपाईँले राखेका प्रश्न र जिज्ञासाको समाधान विभिन्न सम्बन्धित निकायसँग समन्वय गरेर गर्नेछ ।
विदेशमा हुनुहुन्छ भने आप्रवासी श्रोत केन्द्र बाहेक कल सेन्टरको ००९७७ १ ५९७ ००८ नम्बर मा फोन अथवा ००९७७ ९८, ०१८ ०००१३ मा भाइवरमा फोन गरेर पनि प्रश्न सोध्न सकिन्छ ।
कलसेन्टर र आप्रवासी स्रोत केन्द्रले तापाईँका प्रश्नको उत्तर र समाधानका उपाय खोजेर सहयोग र समन्वय गर्ने कोशिस गर्छन् ।
अहिले कोरोनाको कारण मनमा उत्पन्न डर, तनाब र विभिन्न मानसिक समस्यामा परेमा पनि यी दुई केन्द्रले मनोसामाजिक परामर्श सेवासँग जोड्न पनि सहयोग गर्नेछन् भने र आवश्यक परेको खण्डमा कानूनी सहयोगका लागि पनि सहयोग गर्नेछन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया